
सरकार छँदै छ नि !
तपाईंले किन झूटो बोल्नु पर्यो ? सरकार छँदै छ नि ! तपाईं किन मूर्ख बन्नुहुन्छ ? सरकार छँदै छ नि !

तपाईं त आफैँ कमाउन सक्नुहुन्छ, किन अर्काको कमाई खान पर्यो ?
अर्काको कमाइ खान सरकार छँदै छ नि !
तपाईंले किन अर्काको सम्पत्तिमा आँखा गाड्नु पर्यो ?
सरकार छँदै छ नि !
तपाईंले किन झूटो बोल्नु पर्यो ?
सरकार छँदै छ नि ! तपाईं किन मूर्ख बन्नुहुन्छ ?
सरकार छँदै छ नि !
तपाईं किन आफैँ मपाईं भएर हिँड्नुहुन्छ
सरकार छँदै छ नि !
तपाई किन सप्पैको छिःछिः र दूरदूर सहेर बाँच्नुहुन्छ ?
सरकार छँदै छ नि !
बत्तिसपुतली, काठमाडाैं