प्रेम ओली ढकलपुरेबा- कविता
नराम्रो हुनेलाई आजै त होला सम्झने बा जो बा बनेको छ राम्रै बन्नु बा जो बा बनेको छैन त्यो पनि राम्रै बन्नु बा राम्रो काम गर्ने सके सन्तानले पक्कै मुटुमा राख्लान् आफ्नो बा नत्र बा जता सुकै जा ।

आज बा भएर त म भएँ
म भएर त बा भए
छोरीछोरी नहुनेहरू कहाँ बा भए ?
मेरा पनि छोराछोरी भए र त
म पनि आज बा भएँ
बा भए र बाका बा भए
मानव अस्तित्व नरहन सक्छ
यो सृष्टिमा बा नरहे
त्यो सृष्टिमा बा नै शक्तिशाली थे
माहदेब बा, बिष्णु बा, ब्रह्मदेव बा
अहिले पनि बा नै शक्तिशाली
सिजिङ बा पुटिन बा वाइडेन बा
खै त शक्तिशालीमा ?
महाभारत युद्ध गर्ने पनि बा
महायुद्ध लड्ने अशोक बा
शान्तिको बिकुल फुक्ने बुद्ध बा
देशको एकीकरण गर्ने पनि बा
सीता हरण गर्ने पनि मेगनाथका बा
कन्या हरन गर्ने नारायण साइका बा
आतंककारी बन्ने पनि कसैको बा
कतिका नरम नरम बा
कतिका त गरम गरम बा
कतिका बा बाको लडाईंले बालबच्चाहरू पार्ने च्या
पुटिन बा र जेलेन्स्की बाको लडाईंले देशै छियाछिया
कोही जाँड धोकेर हल्ला गर्दै हिंड्ने बा
कोही तरुनी बोकेर दुःख दिदै हिंड्ने बा
कसैका जोसिला बा कसैका हँसिला बा
कसैका गम्भीर बा कसैका कसिला बा
कसैका सिदा बा कसैलाई त साह्रै बाङ्गा बा
कसैको सोझो बा त कसैका उटपट्याङ्गे बा
कोही देश बिगार्ने बा कोही देश बनाउने बा
कोही जनता मारेर छोराछोरी बनाउने बा
अनेको थरिका बा
थरी थरिका बा
जस्तो भए पनि
छोरा छोरीलाई प्यारो आफ्नै बा
राष्ट्रिीय अन्तर्राष्ट्रिय बा
पृथ्वीनारायण बने राष्ट्रिय बा
राम्रो बा हुन सक्नेलाई
छोराछोरी सधैं सम्झन्छ बा
नराम्रो हुनेलाई आजै त होला सम्झने बा
जो बा बनेको छ राम्रै बन्नु बा
जो बा बनेको छैन त्यो पनि राम्रै बन्नु बा
राम्रो काम गर्ने सके
सन्तानले पक्कै मुटुमा राख्लान् आफ्नो बा
नत्र बा जता सुकै जा ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest

































