दुष्यन्त भट्टराईसमाल्नै नसक्ने छ यो झट्ट फाल
कि देखाउने दाँत तिम्रो छ बेग्लै छ झुक्याउने छाँट तिम्रो अलग्गै प्रजाले बुझे हुन्छ तिम्रो बिहाल समाल्नै नसक्ने छ यो झट्ट फाल !!

कुरा एम्सिसीको भयो बन्द ताला
छ चाबी कता अड्किएको निकाल
लुकाएर राख्छौ अझै कत्तिसम्म
समाल्नै नसक्ने छ यो झट्ट फाल !!
कुरा छद्मभेषी नगर्दा हुने हो
गुलामी विदेशी नगर्दा हुने हो
सधैँ नेत्रमा मोह पैसा नपाल
समाल्नै नसक्ने छ यो झट्ट फाल !!
कि देखाउने दाँत तिम्रो छ बेग्लै
छ झुक्याउने छाँट तिम्रो अलग्गै
प्रजाले बुझे हुन्छ तिम्रो बिहाल
समाल्नै नसक्ने छ यो झट्ट फाल !!
छ आकाश नीलो सबैको उही हो
छ धर्ती गुणी झन् सबैको उही हो
तिमी निर्छलो चाल्न सक्छौ कुचाल
समाल्नै नसक्ने छ यो झट्ट फाल !!
बुझेहुन्छ चेतावनी यो तिमीमा
उचाल्ने पछार्ने नहोस् यो जिमीमा
गरे एकताले बढारिन्छ काल
समाल्नै नसक्ने छ यो झट्ट फाल !!
मेनपा-१३, चारआली, झापा
Subscribe
Login
0 Comments
Oldest





































