साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगामी प्रधानमन्त्री

विरोध अन्तरविरोध भए तापनि ठूला साना सबै नेता एकमत भएर एउटै बसमा चढेका थिए । यात्रा हँसीठट्टाका साथ बढ्दै थियो, बीच बाटोमा एउटा समस्या आइपर्‍यो

Nepal Telecom ad

मूल लेखक : आनन्द भारती

देशको दुर्दशाबारे आजभोलि सबै राजनीतिक दलहरू चिच्याइरहेछन् । सबैको आआफ्नै रोदन छ अर्थात् आआफ्नै स्टाइल छ । तर यो देशको दुर्दशामा कोही पनि जिम्मेवारी बहन गर्ने पक्षमा देखिदैनन् । एक अर्कालाई हिलो छ्याप्ने काम गरिरहेछन् ।

वास्तविक समस्या यस्तो छ अब कसको आरोपमाथि विश्वास गर्ने ? पत्रिकाबाट तथ्य कुरा बुझौँ भने दसओटा पत्रिकाको दसथरी नै टिप्पणी हुन्छन् । वास्तवमा असली कन्फयुजन । त्यसलाई हुन्छ जो धेरै किसिमका पत्रिका पढ्छ । जसले एउटा मात्र पत्रिका पढ्छ त्यसले आफ्नो दृष्टिकोण सफा राख्छ र विवेकपूणर् बहस पनि गर्न सक्छ । त्यसैले नेताहरू आफ्नो नाम कति ठाउँमा लेखिएको छ त्यो हेर्न विभिन्न पत्रिका खरिद गर्दछन् तर समाचार कसैले पढ्दैनन् र विश्वास पनि गर्दैनन् । जो नेताहरू पत्रिका बदलीबदली पढ्छन् तिनीहरू ज्यादै ज्ञानी र समझदार हुन्छन् ।

जब देशको दुर्दशामाथि जिम्मेवार को हो भनी निणर्य गर्ने समय आउँछ तब सबैका आँखा पत्रिकाको पानामा पुग्छ । एकपक्षले आफ्नो बयान प्रकाशित गरी अर्को पक्षलाई निसाना बनाउँछ । संसद्मा हातमा पत्रिका हल्लाइहल्लाई यसको जिम्मेवार को हो ?” भनी कुर्लन्छन् । वास्तवमा जब कुनै निणर्य गर्ने समय आउँछ अनि त्यसलाई असफल पार्न सबै एकै स्वरमा कराउँछन्- पत्रिकाको समाचारमाथि विश्वास गर्न सकिन्न । पत्रिकाको टिप्पणीको आधारमा कसैमाथि कारवाही गर्ने प्रावधान हाम्रो संविधानमा छैन ।” यहाँ कसैमाथि कसैलाई विश्वास छैन। कोही कसैको अधीनमा छैन । अनुशासनलाई अनपढ र असभ्यताको नमुना मान्दछन् । लोकगीतलाई गाउँले गीत भन्दै हेला गर्छन् । पपगीत गाउनेहरूलाई सहरिया वा विकसित भन्छन् र औकात बढेको मान्छन् ।

केही दिनअगाडि मात्रको कुरो हो । सबै दलका प्रमुख नेताहरू आफ्ना सहयोगीसहित देशको दुर्दशामाथि शान्तिपूर्वक विचार गर्न सहरी कोलाहलबाट टाढा एकान्त स्थलतर्फ लागे । विरोध अन्तरविरोध भए तापनि ठूला साना सबै नेता एकमत भएर एउटै बसमा चढेका थिए । यात्रा हँसीठट्टाका साथ बढ्दै थियो, बीच बाटोमा एउटा समस्या आइपर्‍यो सबैभन्दा अगाडि सिटमा गुजराल, केशरी र अटल बिहारी थिए । तीनजना नेता मौसमको बारेमा गफ गर्दै थिए । मौसम ज्यादै रमाइलो भएकोले अटलजी आफ्नो कविता वाचन गर्दै थिए । त्यसैले उनी आफूहरू बसेका सिटको सिसा पूरै बोल्न चाहन्थे । तर केशरीजी आफू दमको रोगी भएको कारणले झ्यालको सिसा पूरै बन्द गर्न चाहन्थे । यी दुई नेताको समस्या सुल्झाउन गुजरालले जुक्ति निकालेर झ्यालको सिसा आधा खोल्ने आधा बन्द गर्ने सुझाव राखे ।

एउटै सिटमा बसेका तीन ठूला नेताको बहस यसरी बढ्यो कि बस रोक्नै पर्ने भो । बसमा रहेका दोस्रा पुस्ताका नेताहरू कोही वास्तविक समस्या बुझ्न लागे भने कोही कुरै नबुझी आफ्नो नेताले जे भन्यो त्यसैमा लोली मिलाउन लागे । बसभित्रको चर्काचर्की बहसमा ड्युटीमा बसेको विनाटिकटवाला कन्डक्टरले दिलचस्पी लिनु स्वभाविकै हो । कन्डक्टरले कुरा बुझ्यो र त्यो हल्ला साम्य पार्न चिच्यायो- “कृपया चुप लाग्नोस् जुन झ्याल आधा खोल्ने, बन्द गर्ने र पूरा खोल्ने बारेमा यहाँहरू लड्दै हुनुहुन्छ त्यो झ्यालमा सिसा छैन । त्यस्तो झ्याल खुल्ला होस् या बन्द के फरक पर्छ ?”

अब तपाईंहरूको सोच्ने पालो ती प्रमुख नेताहरूको के हालत भयो होला ? बसको पछाडि सिटमा बस्ने नेताहरूले कन्डक्टरलाई बेजोड होनहार प्रतिभा भएका व्यक्ति माने साथै दोस्रो पुस्ताका नेताहरूले कन्डक्टरलाई प्रधानमन्त्री बनाउने निधो गरे । तर कन्डक्टरले यो प्रस्ताव रस्वीकार गर्दै भन्यो- “सिसा नभएको बसको झ्यालबारे यस्तो गलफती भयो भने विनापुँजी, अनादिमाग, विनानीति भएको देश कसरी चलाउने ? तपाईंहरूले नै चलाउनुस् ।” बसका साना नेताहरूले कन्डक्टरको कुरा बुझे, तर ठूला नेताहरू… । ठूला नेताहरू देशको दुर्दशाबारे चिन्तित भइनै रहे ।

‘भोलारामको आत्मा’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x