साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश फिर्ता गर

शान्तिका खालमा रक्त छर्छौ तिमी मेलका खेलमा झेल गर्छौ तिमी न्यायका नाममा भ्रान्ति दिन्छौ तर देश खै देश खै देश फिर्ता गर !

Nepal Telecom ad

झिप्प बत्ती निभ्यो खोज्न थालेँ दियो
दीपिका उल्टियो तेल नै पोखियो
रेडियो बन्द भो सुन्नुपर्ने थियो
आज के बेचियो बुझ्नुपर्ने थियो ।

ध्यान गर्ने गुफा हो कि लाग्यो घर
ध्यान गर्दै भनेँ देश फिर्ता गर
जन्मभूमि थियो हैन जस्तो भयो
बन्धकी हो कि यो दाइजोमा गयो !

वर्ण दिन्छौ तिमी लिङ्ग दिन्छौ तिमी
जात दिन्छौ तिमी धर्म दिन्छौ तिमी
वर्गसङ्खर्षका मर्म दिन्छौ तर
माग मेरो छ यो देश फिर्ता गर ।

शान्तिका खालमा रक्त छर्छौ तिमी
मेलका खेलमा झेल गर्छौ तिमी
न्यायका नाममा भ्रान्ति दिन्छौ तर
देश खै देश खै देश फिर्ता गर !

खोल्छु ढोका भनेँ बन्द गर्छौ तिमी
यी सिसा झ्यालका फोर्न थाल्छौ तिमी
नाच्तछौ बेतुके नित्य नाङ्गाे  हर
हे कलाकार हो देश फिर्ता गर !

काम छैनन् यहाँ स्वप्न दिन्छौ तिमी
अन्नका नाममा भोक छर्छौ तिमी
लाग्छ शङ्का सधैँ डुब्न लाग्यो घर
देशमा देश नै छैन फिर्ता गर !!

सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x