फित्काैली डटकमफरक छुट्याऊ !
हाम्रा कुरा धेरै गरी अरु धेरै लज्जित नबनाऊ दुईतर्फकै अक्षर हेरी आफैॅ फरक छुट्याऊ ।
तिम्रा जनता विदेश बस्छन्
आकाशको बाटो हिॅड्छन्
तारे होटल पस्छन्
टन्न ज्यूनार गर्छन्
डकार्छन् खकार्छन्, हामीलाई हकार्छन्
र फेरि उतै भाग्छन् ।
देशका जनता देशमै बस्छन्
भेष छैन नाङ्गै छन्
सडक छैन गुड्दैनन्
सुकुम्बासी हुन् बस्दैनन्
टन्न खान अन्न छैन
धेरैजसो भोकै सुत्छन्
हाम्रा कुरा धेरै गरी
अरु धेरै लज्जित नबनाऊ
दुईतर्फकै अक्षर हेरी
आफैॅ फरक छुट्याऊ ।
तिम्रो देश त काठमाण्डू हो
मोटर चल्छ गुडिहाल्छौ
हेलिकोप्टरमा उडिहाल्छौ
ट्वाइलेट जॉदा पनि सडक जाम गर्छौ
अनि देशमा सुरक्षा देख्छौ ।
हाम्रो देशै मेची काली
कष्टकर ओराली र उकाली
भीरपाखा जङ्गल गर्दै
पैतालामा ठेला उठ्छन्
हिॅडी साध्य न बसी साध्य
जङ्गली भूत दिउॅसै लाग्छन्
सुरक्षाका कुरा गरी
अरु धेरै लज्जित नबनाऊ
दुईतर्फका अक्षर हेरी
आफैॅ फरक छुट्याऊ ।
Subscribe
Login
0 Comments
Oldest





































