साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के थाहा तिमीलाई

ठूला-ठूला किताबका ठेलीहरूमा जीवन खोज्छौ तिमी निरन्तर, के थाहा तिमीलाई शूक्ष्म अनुभूतिहरूमा अमर स्वास छन् भनेर ।

Nepal Telecom ad

के थाहा तिमीलाई
मेरा लागि जीवनका मूल्य
खास् छन् भनेर,

थाहा छैन तिमीलाई
महलमा होइन संघर्षमा
मेरा बास छन् भनेर ।

देखाउँछौ तिमी
बनावटी र कृत्रिम
चित्रहरू,

थाहा छैन तिमीलाई
मेरो मुटु र मन
तिम्रा लागि खास छन् भनेर ।

ठूला-ठूला किताबका ठेलीहरूमा
जीवन खोज्छौ तिमी निरन्तर,
के थाहा तिमीलाई
शूक्ष्म अनुभूतिहरूमा
अमर स्वास छन् भनेर ।

आऊ कृत्रिमता छोडेर
बनाउँ प्रेमको घर प्रिय,
बुझ अब कण कणमा
परमाणु शक्तिका राज छन् भनेर ।

चितवन, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x