साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धत्वको मोहनी

लाग्यो यो मनमा अपूर्व यसरी बुद्धत्वको मोहनी, आँखामा जहिलेसुकै झलझली झल्किन्छ त्यै लुम्बिनी ।

Nepal Telecom ad

यो संसार विचित्र ! छन् कति यहाँ रागी-विरागीहरू
छन् निष्पापहरू, तिनैसँगसँगै दागी-अभागीहरू
कोहीका पदमा छ सृष्टि नत यो, उल्टै कुनै दास छन्
यी लीलामय दृश्य देखिरहँदा लाग्दो छ अत्यास झन्

मान्छे ‘सिर्जनशील’ हो प्रकृतिले, सत्कर्म ‘सौभाग्य’ हो
‘विध्वंसीपन’ भन्नु दानवपना, दुर्दान्त ‘दुर्भाग्य’ हो
मान्छेले यदि स्वप्न देख्छ— “सबको म स्नेहभागी बनूँ”
भाँच्नै पर्दछ लोभ-मोह-मदको, दुर्भावनाको धनु

चाँडै पाउन राज्य, वत्सल पिता मार्छन् यहाँ दुर्मति
आफैँ पाउन राज्य दाजु उसरी काट्ने यहीँ छन् कति
त्यागी भोग समस्त, निस्पृह बनी बुद्धत्व रोज्ने जन
यौटैमात्र भए जगत्भर उनै ‘सिद्धार्थ’ या ‘गौतम’

“सत्ता, सम्प्रभुता र सङ्ग्रह नभै उत्सर्ग हो जीवन
प्राणीमा करुणा, क्षमा, मधुरिमा, सौहार्द ठूलो धन”
लाग्यो यो मनमा अपूर्व यसरी बुद्धत्वको मोहनी
आँखामा जहिलेसुकै झलझली झल्किन्छ त्यै लुम्बिनी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x