साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विजय नभएका विजेता

कानूनअनुसार मत ल्याउनेलाई विजेता घोषित गर्न मिल्दैनथ्यो । निर्वाचन निरर्थक भयो । देश प्रमुखविहिन भयो ।

Nepal Telecom ad

विश्वको कुनै कुनामा एउटा देश थियो । देशमा लोकतन्त्र थियो । लोकतन्त्रमा जनप्रतिनिधि निष्पक्ष हुनुपर्छ भन्ने त्यो देशका जनताको मान्यता थियो । कुनै उम्मेदवार कसैको भोट पाएर विजय भयो भने नेता त्यही आफूलाई भोट हाल्ने जनताको मात्र पक्षधर हुन सक्छ, बरु निष्पक्ष नेता त्यो हुन्छ जसलाई कसैले पनि एक भोट पनि दिँदैन भन्ने उनीहरूको विचार थियो । त्यसैले जनताहरूले निर्वाचनमा जसको मत शून्य हुन्छ, त्यही नेता विजेता घोषणा हुने कानून बनाए ।

देशको प्रमुख छान्न निर्वाचनको मिति घोषणा भयो । कोही नेतालाई विजेता घोषित गर्न सबै जनताले त्यो नेतालाई हुँदैन भन्नुपथ्र्यो । उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरे । जनताको घरदैलोमा पुगेर नेताहरूले आफूलाई त्यो देशको प्रमुख पदमा हुँदैन भनिदिन आग्रह गर्न थाले ।

ती उम्मेदवार भएका नेताहरू भ्रष्टाचार गर्दैनथे, जनहीत विरोधी काम गर्नु त परै जाओस् कल्पनासम्म पनि गर्न सक्दैनथे । रातदिन जनताको सेवामा मरिमेटेर लाग्थे । विकासप्रेमी थिए । देशप्रेमी थिए । जनप्रेमी थिए । उनीहरूको काम मात्र होइन नाम पनि सबै नेताको उत्तिकै राम्रो थियो । नाम मात्र नभएर अनुहारमा पनि उस्तै राम्रा थिए । नेताहरू नाक सुलुक्क परेका, कान चिटिक्क परेका, आँखामा सुन्दरता भएका, ओठमा मुस्कान भएका थिए । कोही सलक्क परेका अग्ला थिए, कोहीको हेयरस्टायल लोभलाग्दो थियो । बोलीमा त झन वणर्न गर्नै नसकिने मिठास थियो । ऊ हेर्यो ऊ राम्रो, ऊ हेर्यो ऊ झनै राम्रो । हुँदैन भन्न नालायक कोही थिएनन् । सबै लायक नै लायक थिए ।

घरदैलोमा पुगेका नेताहरू यति असल थिए कि उनीहरूलाई हुँदैन भन्न जनतालाई नैतिकताले दिएन । नेता जति सदाचारी थिए, जनता त्यो भन्दा कम सदाचारी थिएनन् । यस्ता, असल, सुन्दर, निष्कलंक नेताहरूलाई असल जनताले कसरी देशको प्रमुखमा हुँदैन भन्नु ? इमान्दार र सदाचारी जनतालाई त्यस्ता असल मान्छेलाई हुँदैन भन्न आफ्नो धर्मले दिँदैनथ्यो । के कुनै असल मान्छेले अर्को असल मान्छेलाई हुन्न भन्न सक्छ, सक्दैन । धर्म संकट पर्यो । जनताले कुनै पनि नेतालाई हुन्न भन्न सकेनन् । असल जनताले असल नेतालाई कोही न कोहीले कोही न कोहीलाई हुन्छ भनेर भोट दिइहाले ।

मतपेटिका खोलियो । सबैले केही न केही भोट ल्याएका थिए । शून्य मत प्राप्त गर्ने कोही पनि भएन । कानूनअनुसार मत ल्याउनेलाई विजेता घोषित गर्न मिल्दैनथ्यो । निर्वाचन निरर्थक भयो । देश प्रमुखविहिन भयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x