साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जादूका कुमारी बाकसहरू

परिणाम निस्कन्छ बाकसबाट, मान्छेका मन जितेकाहरू ओठमा लाली पोतेर अनुहारमा अबिर दल्छन् मान्छेको मन नजितेकाहरू उभिएको उभियै ढल्छन् ।

Nepal Telecom ad

दिनभरि
कडा सुरक्षाबिच
छाप लगाएका कागज खाएर
टन्न अघायो बाकस,
सिलबन्दी गरेर अक्षत भएको
मुचुल्का बनाइयो ।
अघि पछि बरियातको लर्को लाएर
अन्माइयो कुमारीलाई र
बुझाइयो दुलाहाको घरमा
चारैतिरबाट ल्याइएका
अनेकौँ जादुका कुमारी बाकसहरू ।

मध्यरातमा सिल तोडेर,
कुमरी बाकस हरू खोलिए ।
एकएक गर्दै कसैले हातले समातेर
पालैपालो मधुमास मनाइदैछ ।
बाहिर निस्केर घरिघरि
चिच्याउछन् जादुका बाकसहरू ।
वरिपरि बसेकाहरू कान थापेर सुन्छन्
कसैलाई मज्जा आउँछ
कसैलाई नमज्जा पनि लाग्छ ।
बाकसबाट जादु निस्कन्छ
हरेकपल्ट मुटु धड्काउने
जादुका आवाजहरू ।

विश्वविद्यालयका डिग्रीहरू फेल हुन्छन्
कोही पिना हुन्छन् कोही तेल हुन्छन् ।
तुरुरु चुहिन्छ पसिना
कोहि चम्किन्छन्,
कसैलाई हम्किन्छन् ।
पहिले हारेकाहरू जित्छन्
जितेकाहरू हार्छन् ।
कसैले कसैलाई नसमातिकन
पछार्छन् ।
कसैले नसोचेको
परिणाम निस्कन्छ बाकसबाट,
मान्छेका मन जितेकाहरू
ओठमा लाली पोतेर अनुहारमा अबिर दल्छन्
मान्छेको मन नजितेकाहरू
उभिएको उभियकै ढल्छन् ।

जादुका कुमारी बाकसहरू
सम्भोगित भएर
धमाधम जन्माउँदैछन्
पाँच बर्ष आयु भएका मान्छेहरू
जन्ती गएकाहरू
धमाधम अन्माउँदैछन् भान्सेहरू ।
जादुको बाकस प्रसबले रित्तिदै जाँदा
भरिदैछन् सिँहदरबारका कोक्राहरू ।
हेरौँ गुदी जन्मिए कि बोक्राहरू ?
रस जन्मिए कि छोक्राहरू ?
जादुका बाकसहरू धमाधम कोरलिँदै छन् देश भरि ।

खाँदबारी, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x