साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुर्दा-नियम

हामी जिउँदो भएको खै के प्रमाण ? जब हामी मसानघाटमा खरानी भइसकेकाहरूको नियममै बाँधिरहन्छौँ भने !

Nepal Telecom ad

“ठूलालाई आदर, सानालाई माया, असहायलाई दया गर्ने । यस्तो नियम कसैले बनायो बाबा ?” ठूलीको प्रश्न सरल थियोे । उत्तर दिएपछि अर्को प्रश्नको ओइरो लाग्ने भयले म चुपचाप थच्चिएँ ।

“समाजका कुरा खानुपर्छ । ठूलाबडासँग टेक लगाउनुहुन्न । समाजमा समायोजित हुन नसक्ने कुरा मिल्काउनुपर्छ । कसैका आँखामा कसिङ्गर बन्न मिल्दैन । मामू मलाई हर्दम यस्तै सिकाउनुहुन्छ । आखिर किन ? म समाजकी सदस्य हैन र ?” ठूलीले शब्द वर्षा गराइरहिन् ।

“आखिर यो असन्तुष्टिको पहाड ठड्याउनुको कुनै कारण छ ?” जवाफको साटो मैले प्रतिप्रश्न ठड्याएँ ।

“यो समाजको मुख अनेक छ । भन्छ- आजका बच्चा भोलिका राष्ट्रका पहरेदार हुन् । आजैदेखि गलतलाई गलत भन्न बन्चित भए कसरी सही निणर्य क्षमता विकसित गर्नू ।” उनले मन खोलेर देखाइन् ।

“मनमा सन्तोष राख । पितापुर्खाको चलनविरुद्ध उभिने कुरा नगर ।” मैले फकाउने जमर्को गरेँ ।

“उसो भए हामी बालबालिका माथि लादेको भारी हटाउनुस् । जाती जति सबै आदरका भागी हुनुपर्छ । दुष्ट हेयको पात्र बन्नुपर्छ । असहाय दयाको हैन अवसरको भागिदार हुनुपर्छ । समाजका मात्र हैन हाम्रा जायज कुरा समाजले पनि खानुपर्छ ।” उनले मागको फेहरिस्त प्रस्तुत गरिन् ।

“समाज नियम बाहिर जाँदैन ।” मैले कुरा राख्नासाथ मुखबुजो लाग्ने गरी उनले भनेकी थिइन्; “हामी जिउँदो भएको खै के प्रमाण ? जब हामी मसानघाटमा खरानी भइसकेकाहरूको नियममै बाँधिरहन्छौँ भने !”

२०७९/०१/०२ सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जना कुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x