साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुर्दा-नियम

हामी जिउँदो भएको खै के प्रमाण ? जब हामी मसानघाटमा खरानी भइसकेकाहरूको नियममै बाँधिरहन्छौँ भने !

Nepal Telecom ad

“ठूलालाई आदर, सानालाई माया, असहायलाई दया गर्ने । यस्तो नियम कसैले बनायो बाबा ?” ठूलीको प्रश्न सरल थियोे । उत्तर दिएपछि अर्को प्रश्नको ओइरो लाग्ने भयले म चुपचाप थच्चिएँ ।

“समाजका कुरा खानुपर्छ । ठूलाबडासँग टेक लगाउनुहुन्न । समाजमा समायोजित हुन नसक्ने कुरा मिल्काउनुपर्छ । कसैका आँखामा कसिङ्गर बन्न मिल्दैन । मामू मलाई हर्दम यस्तै सिकाउनुहुन्छ । आखिर किन ? म समाजकी सदस्य हैन र ?” ठूलीले शब्द वर्षा गराइरहिन् ।

“आखिर यो असन्तुष्टिको पहाड ठड्याउनुको कुनै कारण छ ?” जवाफको साटो मैले प्रतिप्रश्न ठड्याएँ ।

“यो समाजको मुख अनेक छ । भन्छ- आजका बच्चा भोलिका राष्ट्रका पहरेदार हुन् । आजैदेखि गलतलाई गलत भन्न बन्चित भए कसरी सही निणर्य क्षमता विकसित गर्नू ।” उनले मन खोलेर देखाइन् ।

“मनमा सन्तोष राख । पितापुर्खाको चलनविरुद्ध उभिने कुरा नगर ।” मैले फकाउने जमर्को गरेँ ।

“उसो भए हामी बालबालिका माथि लादेको भारी हटाउनुस् । जाती जति सबै आदरका भागी हुनुपर्छ । दुष्ट हेयको पात्र बन्नुपर्छ । असहाय दयाको हैन अवसरको भागिदार हुनुपर्छ । समाजका मात्र हैन हाम्रा जायज कुरा समाजले पनि खानुपर्छ ।” उनले मागको फेहरिस्त प्रस्तुत गरिन् ।

“समाज नियम बाहिर जाँदैन ।” मैले कुरा राख्नासाथ मुखबुजो लाग्ने गरी उनले भनेकी थिइन्; “हामी जिउँदो भएको खै के प्रमाण ? जब हामी मसानघाटमा खरानी भइसकेकाहरूको नियममै बाँधिरहन्छौँ भने !”

२०७९/०१/०२ सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जना कुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x