साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलेको जवानी

एउटै रूप दे भिन्न पार्दछस् रूप यो किन विभेदको छरी विष न तड्पा क्षणका क्षण ।

Nepal Telecom ad

हिँडिएछन् कति बाटा जिन्दगी जिन्दगी मिली
खेलिएछन् कति फन्दा, बाली बत्ती झिलीमिली
उफ्रिएछन् भए जत्ति गौँडागल्फा सरासर
फुल्दो जवानी त्यो, ऐले फुल्यो भएर जर्जर ।

पुत्रपुत्री म देख्दैछु सँदैझैँ गरी ठमठम
सामु सडक बाटामा हिँडी नाचेर छमछम
हामी यी जेलका प्वालबाट हेछौँ उतातिर
तर ती बैँसका वाद कहाँ हेर्छन् यतातिर ??

क्रर के नियती ! तेरो छ भने देहमा दिल
खुल्दो जवानी दे लैजा फुल्दो यो देह थिल्थिल
कि छल्का स्नेहको योटा सङ्लो पवित्र सागर
तरङ्गमा दुबै रूप घोली दे रङ्ग उर्वर ।

नफुली खुल्न दे मात्र जवानी जिन्दगीभरि
विशाल वृक्षका पात जस्तै स्नेह छरी छरी
एउटै रूप दे भिन्न पार्दछस् रूप यो किन
विभेदको छरी विष न तड्पा क्षणका क्षण ।

कि दे नियति ! जम्मैमा विवेक ज्वारको जग
फुलेको र जवानी यो एकदमै पारी जग्मग
घरभित्रै दुबै खेलून, खाउन् वर्षाई झादर
जवानी भित्र होस् ज्ञान हुन् दुवै घरकै घर ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x