सुलसुलेपारिजातकाे स्मृतिमा अभिनवको २४३ औं शृङ्खला
२९ औं पारिजात स्मृतिविशेष काव्य गोष्ठी र १५,०००/०० नगदसहित तेस्रो पारिजात स्मृति अभिनव पुरस्कार ।
काठमाडौं । २०७९ वैशाख ३१ । अभिनव साहित्य समाजले यसको २४३ औं शृङ्खला अन्तर्गत २९ औं पारिजात स्मृतिविशेष काव्य गोष्ठी र १५,०००/०० नगदसहित तेस्रो पारिजात स्मृति अभिनव पुरस्कार २०७९ विशिष्ठ बाल साहित्यकार श्री तेजप्रकाश श्रेष्ठज्यूलाई अर्पण गर्ने कार्य सम्पन्न गरेको छ ।
प्रा.डा. श्री चूडामणि बन्धुज्यूको प्रमुख आतिथ्य रहेको सो कार्यक्रम समाजका अध्यक्ष श्री गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को सभापतित्व, शारदा पराजुलीको उद्घोषण र परशुराम पराजुलीज्यूको स्वागत मन्तव्य र समीक्षकत्वमा सो कार्यक्रम भएको छ । प्रसिद्ध उपन्यासकार श्री पारिजातको तस्विरमा माल्य र पुष्प गुच्छा अर्पण र उहाँको कृतित्व र व्यक्तित्वको विषयमा प्रकाश र समग्र कार्यक्रमको संक्षिप्त टिप्पणी गर्दै प्रमुख अतिथि बन्धुूले “आफूले पनि कविता लेखनबाटै साहित्यिक यात्रा सुरु गरेको स्मरण गर्नुभएको र कविताका विभिन्न आयामबारे प्रकाश पार्नुभएको थियो ।
यस्तै उपस्थित विशिष्टि अतिथिहरूमध्ये प्रमोद प्रधान, विजय चालिसे र कणाद महर्षिले पारिजात तथा सम्मानित व्यक्तिको कृतित्व र व्यक्तित्वको विषयमा प्रकाश पार्दै आआफ्ना कविता रचना वाचन गर्नुभएको थियो ।
यस श्रृङ्खलामा उत्कृष्ट कविता प्रस्तुत गर्ने कान्छाप्रसाद तिवारी, अनिल कीर्ते पौडेल र नारायण निरौलालाई प्रोत्साहन पुरस्कार अर्पण गरिएको थियो । अन्य कविता वाचन गर्नेहरूमा श्री सुशील आचार्य, गोविन्द संगत महर्जन, ओमप्रसाद कोइराला, बद्रीप्रसाद सुवेदी, राजेशमान के.सी, घनश्याम प्रसाई, अच्युत पौडेल चिन्तन, दुर्गा अधिकारी भ्रमरकोटे, मञ्जुश्रीप्रधान के.सी., रुद्र अधिकारी, गङ्गाप्रसाद भेटवाल, भावना न्यौपाने, मुकुन्द आचार्य, विकल त्यागी, भुवन सिवाकोटी चौघरे, जित कार्की, देवकी खतिवडा, रमेशजङ्ग थापा, आलोक चालिसे, मेनका पोखरेल, जगदीश पोखरेल, पवन सङ्ग्रौला, एल.पी. पराजुली, कमन व. सिँह, उषा के.सी., ललिता दोषी, महेश्वर वाग्ले र सुमन पुडासैनीलगायत ५५ जना महानुभावहरू रहनुभएको थियो ।
रुद्र अधिकारी र गङ्गाप्रसाद भेटवालद्वारा सम्पूर्ण कार्यक्रमको रेकर्ड र प्रसारण गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest










































