साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसेर गङ्गाजल

उल्टो घुम्छ घडी सधैँ समयको रुन्छन् बकुल्ला दुखी मौरीको अब काम छैन घरमा पालौँ अरिङ्गाल कि ?

Nepal Telecom ad

भैँसीले मुरली बजाउँछ यहाँ राँगो उठी नाच्दछ
यो देखी घरको सुशील महँगी खित्का दिई हाँस्दछ
लड्छन् नित्य उता वृथा सडकमा बाच्छा र बाच्छी जब
साँढे मस्त रमाउँछन् चउरमा गर्दै खुबै उत्सव ।

पाक्छन् व्यञ्जन मिष्ठ हेर बुकुरा खाई रमाए कति
भोग्दैछन् अनिकाल यी महलले कस्तो छ यो दुर्गति
किन्छन् औषधि ती अकिञ्चनहरू पर्दा बिरामी सधैँ
कन्चो नै नहुँदा भकाभक यहीँ मर्छन् धनी ती सबै ।

रोई गोरस जान्छ घुम्न हटिया छल्की छचल्की पल
भित्रिन्छन् घरमा प्रमत्त मनले हाँसेर गङ्गा जल
बिक्दैनन् किन पाल्नु हाँस कुखुरा पालेर के हुन्छ र ?
बिक्छन् पारि युवा र मस्त युवती व्यापार यो हुन्न र ?

ठूला छन् गजराज हेर उँट यी पढ्दै नपढ्दा पनि
पाए किन्न प्रमाणपत्र अब को पढ्ला र आँधो बनी ?
उल्टो घुम्छ घडी सधैँ समयको रुन्छन् बकुल्ला दुखी
मौरीको अब काम छैन घरमा पालौँ अरिङ्गाल कि ?

रोप्छौँ झ्याउ र फल्दछन् तर मिठा ती आँप या अङ्गुर
छोड्छन् सन्त अनार मौसमहरू खान्छन् खसी बङ्गुर
पानीभित्र बलेर अग्नि जहिले माछा त्यसै मर्दछन्
मट्टी तेल डिजेल बल्न नसकी हा ! आँसु ती झार्दछन् ।

दमक- ८, झापा
९८६३६२२६११
इमेल : mukdarsak@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x