साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौरो

लौरो केवल चिह्नमात्र नबुझौँ आक्रोश हो भित्रको लौरो चिह्न छ भिन्न मात्र नबुझौँ यो शक्ति विद्रोहको

Nepal Telecom ad

लौरो आस बनेर आज उभियो त्यो राजधानीतिर
अस्ताए रवि साँझ झैँ रुखहरू मुर्छा परे आखिर
भुत्ते देख्छु हलो मसी कलमको सुक्तै गएको छ झैँ
आशा खोज्दछ आज हेर जनता टेकेर लौरो सिधै !!

लौरो केवल चिह्नमात्र नबुझौँ आक्रोश हो भित्रको
लौरो चिह्न छ भिन्न मात्र नबुझौँ यो शक्ति विद्रोहको
लौरो भोलि खडा बनेर तगडा रक्षा गरोस् लोकको
लौरो साथ रहोस्- न शासक बनोस् निर्मूल होस् भोकको !!

लौरो चित्र विचित्र हो समयको सम्भावनाको घर
लौरो मित्र निमित्त वृद्ध जनको सद्भावनाको भर
लौरो अस्त्र बनेर भ्रष्टजनमा आतङ्क मच्चाइदे
हे लौरो अब देशभित्र सुखको आभास फर्काइदे !!

यात्रामा कति आउलान् अजबका जङ्घार खोलाभरि
यात्रीले कति पाउलान् गजबका सङ्कष्ट नानाथरि
लौराले अब बन्नु पर्छ चतुरो टेकोस् बिचारी स्थल
लौराको भयबाट भ्रष्ट डरले पुग्ने बनून् जङ्गल !!

लौराको गुणगान धेर नगरून् दानीहरूले पनि
लौराको अपमान धेर नगरून् ज्ञानीहरूले पनि
लौरो साथ लिई हिँडून् युवकले आमा बुबा खातिर
लौरोको महिमा बुझोस् समयले होस् सम्झना आखिर !!

मेचीनगर, झापा
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x