साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूरै जिन्दगी डुब्यो !!

दिक्क भएका डुँगावालले सोध्यो- “तपाईंहरूलाई पौडिन आउँछ ?” तीनै जनाले भने “आउँदैन ।”

Nepal Telecom ad

तीन जना ठूला विद्वानहरू एउटै डुँगामा चढेछन् । संयोगले समय चाहिँ चुनाव आउनै लागेको रहेछ । पहिलो ठूला विद्वानले बाँकी दुई जनासँग यस पटकका चुनाउका सम्बन्धमा ग्रह गोचर हेरे र कसको जित हुन्छ भन्ने आफ्नो धारणा बताए । दुई विद्वानले उनको कुरो बुझेनन् अरगज्ज मात्रै परे । नबोली बस्ता मूर्ख भइन्छ भन्ने नेपाली बानीले गर्दा दोस्रो ठूलो विद्वानले आफ्नै विषयको बसाइँ सराईका आधारमा विश्लेषण गरे, फरक उम्मेदवारले जित्ने नतिजा निकाले ।

तेस्रो विद्वानले पनि विद्वत्ता प्रयोग गर्नै पर्यो भनेर बजार भाउ विश्लेषण गर्दै त्यसै आधारमा विजेता पनि तेस्रो निकाले । एकमत भए त कुरै सकिएको, फरक मत देखिनु त्यो पनि चुनाव आउन लागेका बेलाका नेपाली किन छोड्थे ? बहस चर्किँदै गयो । नौका तार्ने बिचरो पहिले त रमाइलो मान्दै थियो, पछि कुरै बुझ्न छोड्यो र दिक्क भयो । तर पनि ध्यान दिएर सुन्दै छ ।

पहिलो विद्वानले कुर्लिएर सोधे “तपाईंहरूलाई शनि सङ्कटाको गति थाहा छ ?” दुवैले छैन भन्ने जवाफ दिए । “त्यसो भए तपाईंहरूको एक चौथाई जिन्दगी खेरै गएछ ।”

दोस्रो विद्वानलाई खपिनसक्नु भएछ, बहस गर्दै सोधिहाल्यो- “तपाईंंहरूलाई जनसङ्ख्या घटबढको सिद्धान्त थाहा छ त ?” फेरि उत्तर छैन भन्ने आयो ।

तेस्रो विद्वान कड्कियो- “तपाईंहरू आर्थिक अवस्थाले मानिसका सोचमा फरक पार्ने सिद्धान्त कत्तिको जान्नुहुन्छ ?” दुवैले थाहा छैन भने । वास्तवमा तीन विद्वान नै आआफ्ना विषयका विज्ञ थिए तर आफू मात्र जान्ने अरु सबै मूर्ख भन्ने दम्भले चुलिएका थिए । डुँगा नदीका पल्लो छेउमा पुगेको थियो, आँधी चल्ने सङ्केत देखियो । दिक्क भएका डुँगावालले सोध्यो- “तपाईंहरूलाई पौडिन आउँछ ?” तीनै जनाले भने “आउँदैन ।”

डुँगावालले भन्यो-. “तपाईंहरू चारैजनाको चौथाई अर्थात् पूरै जिन्दगी डुब्यो ।” आखिर आँधी त आयो । तीनवटै विद्वानले पानी मज्जाले सर्काउँदै थिए । डुँगावालले सारै दुःख गरेर आखिर तीनवटैलाई नदीबाट बाहिर निकाल्यो ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x