साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजबको सूत्र

खै के विधि मच्चिएको हो यो नयाँपन मान्छेसित मान्छे बाँच्नै नसक्ने आधुनिक पो भा छ त !

Nepal Telecom ad

हो नि समय बलियो हुन्छ । त्यही बलियो समयले तानेर मान्छेलाई यहाँसम्म ल्यायो धेरै परिवर्तन देखायो । हिजोको मान्छे आजसम्म आइपुग्दा धेरै उथलपुथल देखेको छ । यो उथलपुथलले मान्छेलाई आफन्तबाट उछिट्याएर पर पुर्‍याएको छ । आपसी सद्भावमा बालुवा मिसाइदिएर फरक स्वाद चखाएको छ यसैमा जनता दङ्ग छ ।

विज्ञानको चमत्कारले चम्केको मान्छे विलासमा लोभिन पाउँछ । नैतिक मूल्य थिथेर बहादुर बन्न सक्छ । कस्तो मजा छ आज मान्छेलाई ! नीति नियम अनुशासनमा अडिएर गर्नुपर्ने मानवीय संवेदनायुक्त सहिष्णु व्यवहार बिर्सन पाइन्छ । किन बिर्सिस् ? कसैले सोध्दैन ।

आज त धेरैको प्रिय पेसा छलकपट धोका धुर्त्याइँ बनेको छ । मान्छे यसैको सहारामा रमाउँछ । खै के विधि मच्चिएको हो यो नयाँपन मान्छेसित मान्छे बाँच्नै नसक्ने आधुनिक पो भा छ त !

आज मान्छे कुरा ठूला जान्दछ । ऊ आफू जत्तिकै जान्ने सुन्ने अरु कसैलाई देख्दैन । म त संसार जानेको मान्छे । मसँग के छैन काम नगरी दाम खाने कला छ । सरकारी कर्मचारीसँग मिलेर विधि पुर्‍याई पुर्‍याई नजराना हात पार्न दाउ छ, बजारमा मेरै भाउ छ । ठाउँ ठाउँमा उपस्थिति छ, योजना र जनताको सक्रियता चिनेर कमिसन थाप्ने हैकम छ । यिनै अनन्त सिपले सम्पन्न छु ,अगाडि छु भन्छ निर्धक्कसित ।

आज त पृथ्वी खुम्चिएर विश्व समुदाय छिमेकी बनेकोमा मख्ख छ । यस मौकामा चौका चलाएर कहाँ गो दुनाँ पोखियो भागाँ भन्ने भनाइ अनुसार सातु खान जाने पछि सजिलै आफन्त कोट्याएर पेच कस्न सकिने रहेछ भनेर बुर्कुसी मार्छ ।

इमानको आलु रोपेर बस्ने समय होइन रहेछ आज । बोलीमा अकरण प्रयोग नगर्ने कर्ममा सकेजति धर्म छाड्ने शैलीले विजयोत्सव मनाउने समय रहेछ । यो गूढ रहस्य पत्तो लागेपछि मान्छे पनि ढुकक छ । काम गरेर होइन दाम खाने , दाम खाने र कामको विषयमा भाका राख्ने हो । भाका जति पर पर पुर्‍याएर आजभोलि, भोलिपर्सि गर्दै हप्ता, महिना, वर्ष, वर्षौं धकेल्न सक्यो त्यति नै बढी सफल । यस्तो गजबको सूत्र फेला पारेपछि कसैले छाड्छ ?

होरहेछ नि ! जति भाका सारेर कमिसन वितरण गर्न सक्यो उही क वर्गीय ठेकेदार बनिरहन पाउने ! थाहा पाउनु पर्‍यो नि आजको समय कमिसन र भागबिलोको रहेछ भनेर । कमिसन मिलेपछि काम, कामको परिणाम, काम सक्ने हदम्याद यस्ता यस्ती विषय सब थन्किन्छन् फाइलमा । जाबो नीति नियम त कमिसनको बिटोसँग जोख्ने त हो !

यहाँ कसले खोज्छ अनियमितता ? सबैको चरित्र उस्तै तैंचुप मैचुप ! जनता जागेर हकअधिकारको उपयोग गर्ने गल्ती गर्नै भएन । जनता नबिउँझेकै राम्रो ! जहाँ जे भए पनि चारो फाल्दिएर हाइसन्च बस्न पाइन्छ । जनता जुटे त यस्तो अवसर गुमिहाल्छ नि ! जनता जाग्ने र जगाउने गल्ती नहोस् है ! यसैमा भलो छ ! अस्तु ।

पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x