साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौरो !

लौरो रहेन घरमा सब छन् बिराना । लौरो भएन सँगमा अब छन् कुनामा । लौरो विदेश तिर छन् भर छैन आस । लौरो विपक्ष तिर झन् डर बढ्छ त्रास ।

Nepal Telecom ad

लौरो हुँदा सफरमा पनि हुन्छ ढुक्क ।
लौरो हुँदा विपदमा पनि भाग्छ दिक्क ।
लोरौ हुँदैन तब के अब जिन्दगानी !
लौरो त हो मनुजको सब घामपानी ।

लौरो बनेर जसरी जब उठ्छ थाँक्रो ।
लौरो समात्छ लहरा तब फल्छ काँक्रो ।
लोरौ खटेर जसरी जननी पिताको ।
लौरो दिएर सहयोग सखा मिताको ।

लौरो समाज घरको जब गर्छ काम।
लौरो सुनेर खलले अब छोड्छ धाम ।
लौरो सदैव हितको कति दिन्छ टेवा ।
लौरो अशक्त रहँदा जति मिल्छ सेवा ।

लौरो हुँदा कलुषको कति पोल्छ छाती ।
लौरो छुँदा सुजनले अति मान्छ जाती ।
लौरो छ कानुन त्यहीँ अनि धर्म राख्छ ।
लौरो विवेक पनि हो दनु चित्त भाग्छ ।

लौरो बनेर जसले जब विघ्न हर्छ ।
लौरो भनेर त्यसले अब आस गर्छ ।
लौरो दया सकलमा सुख दिन्छ प्यारो ।
लौरो कृपा सकसमा दुख हर्छ गाह्रो ।

लौरो लिएर गुरुले जब पिट्न थाले ।
लौरो पिएर करमा तब मिच्न थालेँ ।
लौरो जहाँ गलत छन् अब चल्नुपर्छ।
लौरो कहाँ तिमिर छन् तब जल्नुपर्छ ।

लौरो रहेन घरमा सब छन् बिराना ।
लौरो भएन सँगमा अब छन् कुनामा ।
लौरो विदेश तिर छन् भर छैन आस ।
लौरो विपक्ष तिर झन् डर बढ्छ त्रास ।

लौरो पुगेछ कसरी मुगलान आज ।
लौरो झुकेछ जसरी न त शान ताज ।
लौरो सुकेछ किन खै डर त्रास बाट ।
लौरो फुकेछ तब भो अति धेर आँट ।

लौरो विना छ अहिले रित छैन धर्म ।
लौरा विना छ जहिले निज छैन कर्म ।
लौरो विना मुलुक यो कति सम्म चल्छ ।
लौरो विना कठिन भो अब ढल्छ ढल्छ ।

लौरो जहाँ अधम छन् तब पर्छ खाँचो ।
लौरो जहाँ कठिन छन् अब बन्छ साँचो ।
लौरो प्रयोग नहुँदा अति हुन्छ राम्रो ।
लौरो यहाँ नियमले कति चल्छ हाम्रो ???

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x