साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा बधाई तथा शुभकामना

रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीद्वारा गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ज्ञापन

Nepal Telecom ad

गोकर्णेश्वर, काठमाडौं, ०७९, जेठ १२ । रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीद्वारा गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा विजयी नगरप्रमुख दीपक रिसाल, उपप्रमुख सान्ननी लामा, नौ नम्बर वडाका अध्यक्ष राजीव थापा, सदस्य उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, लक्ष्मीदेवी गुरुङ, गमला परियारलाई बधाई तथा शुभकामना र निवर्तमान नगरप्रमुख सन्तोष चालिसेलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, उपाध्यक्ष डा.हेमनाथ पौडेल, महासचिव विजय चालिसेद्वारा स्वागत तथा बधाई ज्ञापन गरिएको थियो भने प्रमुख दीपक रिसाल तथा वडाअध्यक्ष राजिव थापाले नगर विकासका योजना, कार्यक्रमबारे सङ्क्षिप्त जानकारी दिनुका साथै विकल प्रतिष्ठान लगायत नगरपालिकामा साहित्य, कला र संस्कृतिको क्षेत्रमा पूर्व नगर प्रमुखद्वारा प्रारम्भ गरिएका महत्वपूर्ण साहित्यिक कार्यहरूलाई अझै योजनाबद्ध तरिकाबाट अगि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटा, जुनेली न्युजका पत्रकार सुवास बराइली, मुग्लानी खबरका पत्रकार सुनील राना मगरका साथै प्रतिष्ठानका पदाधिकारी तथा सदस्य वसन्त रिजाल, साम्ब चालिसे, मातृका पोखरेल, महेन्द्र चालिसे, रामप्रसाद पौडेल, आलोक चालिसे, सीता चालिसे लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x