साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाली एक समस्या र वास्तविकता

यी सामाजिक गालीहरू वर्गहरू भएको समाजमा वर्ग सापेक्ष पनि हुन्छन् अर्थात् यस्ता गालीहरूले कुनै न कुनै वर्गीय चरित्र लिएका हुन्छन् भन्ने कुरा स्वयम् सिद्ध छ ।

Nepal Telecom ad

धैर्यविहीन व्यक्तिमा प्रतिशोधको भावना बढी हुन्छ । उपयुक्त शिक्षाको अभावमा धैर्यको आर्जन असम्भव हुन्छ । उग्र प्रतिशोधको भावनाले परिणामको ख्याल गर्ने विवेकको विकासमा बाधा पुर्‍याउँछ । यसै कारण (उपयुक्त शिक्षाको अभावले गर्दा) हाम्रा ग्रामीण जनतामा प्रतिशोधको भावना ज्यादै उग्र रूपमा पाइन्छ । परिणामको ख्यालै नगरी ऊ प्रतिशोधमा अग्रसर हुने गर्छ ।

प्रतिशोध व्यक्त गर्ने अनन्त उपायहरूमध्ये एक उपाय हो गाली । गालीकै रूप हो सराप । यी दुवैको मूल उद्देश्य विपक्षीको व्यक्तित्व या व्यक्तिगत मर्यादामा चोट पुयाउनु हो । गाली कति किसिमको हुन्छ भनी परिगणना वा विस्तृत वर्गीकरण गर्न असम्भव छ तापनि यसलाई मुख्य दुई भागमा वर्गीकरण गर्न सकिन्छ । सामाजिक गाली र व्यक्तिनिष्ठ गाली । सामाजिक गाली त्यो हो जो समाजमा उसको हैसियतका आधारमा गरिन्छ । व्यक्तिनिष्ठ गाली त्यो हो जो व्यक्तिको अङ्ग, आकृति र शारीरिक एवम् बौद्धिक योग्यताका क्रियाहरूका आधारमा गरिन्छ । सामन्ती, शोषक, सर्वहारा बर्ग, कमारा, बाँधा, करेटो, ड्म, लिँडी, जाडे, काठा, ठिमाहा आदि गालीहरू (यी शब्दहरू गालीका मनसायमा प्रयोग हुँदा) सामाजिक हुन् । यस्ता गालीहरू समय सापेक्ष हुन्छन् अर्थात् समय वा समाजको परिवर्तनका साथसाथै यस्ता गालीहरूको मान्यतामा पनि फेरबदल हुँदै जान्छ । उपर्युक्त गालीहरू सामन्ती शोषण प्रधान समाज व्यवस्था समाप्त भएपछि त्यस्ता गालीहरूको पनि कुनै मूल्य रहँदैन । आज कसैको हलीलाई हेपेर फलानाको हली भनियो भने गाली गरेको ठहर्छ या यसरी गाली गर्न सकिन्छ । तर भोलि किसान जमिनको मालिक भएपछि त्यस्तो गाली गर्ने ठाउँ नै रहँदैन । त्यस्तो गालीको कुनै मूल्य पनि रहँदैन ।

यी सामाजिक गालीहरू वर्गहरू भएको समाजमा वर्ग सापेक्ष पनि हुन्छन् अर्थात् यस्ता गालीहरूले कुनै न कुनै वर्गीय चरित्र लिएका हुन्छन् भन्ने कुरा स्वयम् सिद्ध छ । तापनि गाली गर्ने वालालाई त्यस कुराका आधारमा अमुक वर्गको हो । भनी तोक्न भने सकिन्न किनभने कुनै एक खास वर्गले प्रयोग गर्नुपर्ने गालीहरू हाम्रो समाजमा त्यसको विपरीत वर्गले पनि प्रयोग गरेको हुन्छ । उदाहरणार्थ, शोषक वर्गले शोषित वर्गका निमित्त प्रयोग गर्ने “कमरा, बुङ्गा, बाँधा आदि गालीहरू शोषित वर्गको व्यक्तिले आफ्नै वर्गको व्यक्तिका निमित्त पनि प्रयोग गर्दछ । यसको कारण समाजमा सामन्ती संस्कृतिको विद्यमानता, शोषित वर्गमा उसको वर्गीय विकासको अभाव ।

बुकुने गुइचे, लाँक्रे, गर्दने, गाँडा, खोरन्डो, डुडो, कानो, डेरो, भकभके, सुल्सुले कन्सुत्ले, मिmमझिमे इत्यादि गालीहरू व्यक्तिनिष्ठ हुन् । यस्ता गाली गाली गरिनेको व्यक्तित्व मात्र प्रकट हुन जाने होइन, गाली गर्नेवालाको पनि मोटामोटी व्यक्तित्वको जाँच हुन जान्छ- व्यक्तिनिष्ठ गाली गर्नेहरूलाई किमार्थ पनि सभ्य र शिक्षित भन्न सकिन्न । शरीरको बनोट जो प्रकृति प्रदत्त हुन्छ अनि विकृति उसको (व्यक्तिको) इच्छाले ल्याइएको हुँदैन र शारीरिक र बौद्धिक चेष्टाहरू जो प्रायः प्राकृतिक नै हुन्छन् र गाली गर्ने उद्धेश्यले खोजी गर्ने हो भने त्यस्ता चेष्टाहरू सबै मानिसमा पाउन सकिन्छ । तिनका आधारमा कसैलाई गाली गर्नु अति सङ्कुचित मानिन्छ । आधुनिक शिक्षा र सभ्यताबाट अलिकति पनि परिचित व्यक्तिले आफू विचारधारामा सामन्तवादी भए पनि त्यस्तो गाली गर्दैन ।

आर्थिक कमजोरीका आधारमा गरिने तँ नाथे बुङ्गाले के गर्न सक्छस् र ? त्यो जाबो फलानाको बाँधा न हो । इत्यादि गालीहरू र जातका आधारमा गरिने काठा, लिँडो, ठिमाहा आदि गालीहरू सामाजिक भए पनि आजको युगमा व्यक्ति सरह नै हुन्छन् । यस्ता गाली गर्नु पनि सामन्तवादी संस्कृति र सङ्कुचित मनोवृत्ति उद्घाटन गर्नु हो ।

जब गालीहरू समय सापेक्ष हुन्छन् भने, आजको शोषक र शोषितका बीचको सङ्घर्षको युगमा शोषित वर्गले शोषक वर्गलाई गाली गर्न असामयिक ठहर्दैन । वास्तवमा आजको युग शोषितले शोषकलाई गाली गर्ने युग हो । यदि कुनै सामाजिक वा आर्थिक हैसियतका आधारमा पनि शोषित वर्गलाई गाली गर्नु आज असामयिक र अन्यापूणर् ठहर्छ भने तिनै आधारमा शोषक वर्गलाई गाली गर्नु सामयिक र न्यायपूणर्ा ठहर्छ । तर शोषकलाई पनि व्यक्तिनिष्ठ र जातिनिष्ठ गाली गर्ने पक्षमा भने जानु हुँदैन । किनभने व्यक्तिनिष्ठ गाली ज्यादै सङ्कुचित र अमानवीय पनि हो । जातिनिष्ठ गाली शोषित वर्गकै परोक्ष रूपमा हानि गर्दछ- जातिनिष्ठ गाली गर्नुको अर्थ जातिवादलाई मान्यता दिइराख्ने प्रवृत्ति हो जो शोषक वर्गकै हितको कुरा हुन जान्छ । आज शोषिले गर्नेगाली थोरैमा पनि आलोचनात्मक, उसका सामाजिक दुश्चरित्रहरूको अभिव्यक्ति दिन सक्ने र सङ्घर्ष वा विरोधको सङ्केत गर्ने खालको हुनुपर्दछ । जनताको सेवक भनाउँदो सामन्ती राष्ट्रियताको नारा फलाक्ने विदेशका दलाल! नेता भनाउँदा फटाहाहरू/सामन्तीका कुत्ताहरूलाई जुत्ता मार । यी गाली वा गालीका शब्दहरूमा उपर्युक्त कुराहरूको झल्को पाइन्छ ।

परन्तु परम्परागत सामन्ती संस्कृतिको छाप रहिरहेको र शोषित वर्गमा वर्गीय चेतनाको विकास भइनसकेकाले हाम्रो ग्रामीण समाजको शोषित वर्गले सङ्गठित रूपमा शोषक वर्गलाई गाली गर्ने कुराको थालनी अझै भएको छैन । बरु यसको उल्टो शोषकले शोषितलाई गर्ने खालका सामाजिक र व्यक्तिनिष्ठ गालीहरू शोषित वर्गले आफ्नै वर्गकालाई गर्ने गर्दछन् । यो प्रवृत्ति जनतामा व्यापक रूपमा पाइन्छ । आज हाम्रो समाजमा शोषित जनता कतिसम्म वर्गीय एकतामा सङ्गठित छ भन्ने कुराको बोध यसबाट पनि हुन जान्छ ।

हाम्रो ग्रामीण समाजमा त्यस्ता असामयिक र व्यक्तिनिष्ठ गाली गर्न बिछट्टै सिपालु एक खास वर्ग पनि छ । यो वर्ग सामाजिक हैसियतले जनता भित्रकै वर्ग भए तापनि गाली गर्ने क्रममा उसबाट माथि छ । त्यो हो कुरौटे वर्ग । विचार वा धारणाको दृष्टिले यो वर्ग (आफूलाई मौका अनुसार जस्तोसुकै गरे पनि) घोर प्रतिक्रियावादी छ र जनताकै माझमा बसेर उसको बौद्धिक शोषण गर्नमा पहिलो छ । यो वर्ग जनता भित्रको ठिनेमिने बुद्धिजीवी वर्ग हो, तर वास्तविक बौद्धिक जगत्मा यसको ज्ञान ठन्डाराम छ । केही पढेका, केही नपढेका, केही रकमी, केही छुल्याहा, केही कुरौटे, केही घुसघुसे इत्यादि किसिमका व्यक्तिहरू मिलेर यो वर्ग बनेको छ । तर ज्यादै व्यक्तिवादी भएका हुँदा यस भित्रका सदस्यहरू बीच पनि अन्तर्विरोध भइरहेको हुन्छ । व्यक्तिगत स्वार्थका निम्ति स्थानीय सामन्तीहरूको दलाली गर्नु यसको प्रतिक्रियावादी चरित्रको रूप हो । गाउँको तथाकथित बुद्धिजीवी वर्ग भएकाले गाउँका समस्या, योजना, विकास निर्माण आदि बारे छलफल गर्ने र निणर्य लिने काममा अर्थात् यी सबै कुराको माध्यमबाट जनताको सर्वाधिक, प्रत्यक्ष र अप्रत्यक्ष शोषण गर्नमा स्थानीय सामन्तीहरूको धोती बोकुवा, जुत्ता बोकुवा, टपरे, छाते, बैठके आदिको रूपमा पनि लिन सकिन्छ । गाउँका जनताका बीच आपसमा फुटानी पार्ने काममा यो वर्ग ज्यादै निपुण र सदा संलग्न रहेको हुन्छ । जसले गर्दा जनतामा सामन्ती वर्गको विरुद्ध वर्गीय चेतना उम्रन पाउँदैन र सामन्ती वर्गलाई अप्रत्यक्ष एवम् दीर्घकालीन फाइदा पुगिरहेको हुन्छ ।

गालीको प्रसङ्गमा यस वर्गको चित्रण किन गर्नुपरेको हो भने माथि उल्लेख गरिएका असामयिक र व्यक्तिनिष्ठ गालीहरूका अतिरिक्त यस वर्गले गर्ने गालीहरू विशेष प्रकारका र विशेष प्रभावकारी हुन्छन् । उपर्युक्त किसिमका गालीका शब्दहरूबाट नामै राख्नु, इज्जतै नराखी उडाउनु, कहिले घुमाएर भन्नु, कहिले सियाले झैं घोच्नेगरी नराम्रोसँग भन्नु यस वर्गको निजी विशेषता हो । यो वर्ग ज्यादै व्यक्तिवादी भएको हुँदा यसले आफू बराबर हैसियत भएका मानिसलाई धन र बुद्धि औ विद्यामा आफूलाई उछिनेको या उछिन्न आँटेको कहिल्यै देख्न सक्दैन र तिनीहरूको कुरा काटेर भए पनि चित बुझाउने गर्छ । सामन्ती शोषकको विरोध गर्ने, अलिकति आधुनिक ज्ञान तथा प्रगतिशील प्रजातान्त्रिक विचार भएका साधारण मानिसहरूलाई, उट्पटाङ, अप्रासाङ्गिक र असैद्धान्तिक तर्क गरेर बहसमा जित्ने प्रयास गर्नु यस वर्गका व्यक्तिहरूको विशेष योग्यता हो । आफ्नोभन्दा अलिक बर्ता ज्ञान भएका, बहसमा जित्न नसकिने ठानिएमा त्यस बखत उनीहरूकै कुराको समर्थन गर्दै उनीहरूकै कुरामा बुँदा थपीदिनु, तर पछि गएर उनीहरूको अवौद्धिक र सङ्कुचित आलोचना गर्नु तथा मुडुला हुर्रां, अराजक, उडुबा, बोक्रे, बोका, लोफर, लफुङ्गा इत्यादि विशेषताले उनीहरूलाई विभूषित गर्न र त्यस्ता मूखंसित पनि के कुरा गर्नु !“ भन्दै आफ्नो तथाकथित बुज़ुक्याइँको घमण्ड देखाउनु, जनताको माझमा आफ्नो अयोग्यता लुकाउने यस वर्गका व्यक्तिहरूको आफ्नो तरिका हो ।

यो वर्ग सङ्ख्यामा ज्यादै नगन्य छ, र गाउँहरूमा यसको तथाकथित बौद्धिक देन ठन्डाराम रहेको हुनाले जनताले यसलाई कुरौटे र गाउँ भँडाहाका रूपमा मात्र चिनेका छन् । सामन्ती वर्गको पतनका साथसाथै यस वर्गको पनि पतन अवश्यंम्भावी छ ।

“त्यसको निसन्तान होस्, तेरा हातमा किरा परून्, त्यसको सर्वनास भएको देख्न पाम् हे परमेश्वर, त्यसको उपर शत्रु लागेको यै आँखाले देख्न पाइयोस्“ यी वाक्यहरू सरापका उदाहरण हुन् । अरू कसैको कुभलो होस् भन्ने आशयको शाब्दिक अभिव्यक्तिलाई सराप मानिन्छ । हाम्रो ग्रामीण समाजमा सराप्ने काम लोग्नेमान्छेले भन्दा स्वास्नीमान्छेले बढ्ता गर्दछन् ।

आफूप्रति अर्धेल्याइँ गरेकालाई गाली गर्ने र सराप्ने काम हुन्छ भने उडाउने र कुरा काट्ने काम निरपराध व्यक्तिउपर पनि गरिन्छ । अनि सरापलाई सराप्नेको प्रकृतिका आधारमा गालीको समानान्तर मान्न सकिन्छ भने उडाउनु र कुरा काट्नुलाई आलोचनाको निकट मान्न सकिन्छ, तर आलोचना होइन । किनभने हाम्रो ग्रामीण समाजमा उडाउनु र कुरा काट्नुको पनि मूल प्रवृत्ति व्यक्तित्वहत्या गर्नु नै पाइन्छ ।

गाली गर्नु, सराप्नु, उडाउनु र कुरा काट्नु सभ्य समाजमा उच्च बौद्धिक व्यक्तिहरूबाट पनि नभएको देखिंदैन । परन्तु त्यहाँ यो काम आफ्नै स्तर र संस्कृति एवम् सिद्धान्त अनुरूप हुन्छ भने हाम्रो ग्रामीण समाजमा आफ्नै स्तर र सामन्ती संस्कृति अनुरूपको तथा सिद्धान्तहीन विचारहीन रूपमा रहेको छ । जसले गर्दा जनतामा वर्गीय एकता अथवा सामाजिक एकता उमार्न बाधा पुऱ्याइरहेछ । फेरि जतिसकै विकसित समाज वा उच्च बौद्धिक व्यक्ति भए पनि आजको वर्गयुक्त समाजमा यो काम आ-आफ्नो वर्ग स्वार्थ अनुकूल नै भएको पाइन्छ अर्थात् यस कुरामा पनि वर्गीय धारणा हुनुपर्दछ भन्ने माग हाम्रो मात्र होइन यस धारणाको विरोध गर्नेहरू स्वयम्को पनि प्रवृत्ति तत् वर्गीय नै रहेको छ । यो धारणा वास्तविक या सार्वभौमिक सत्य हो । यसकारण हामीले हाम्रो ग्रामीण समाजमा गालीहरूलाई परिष्कृत मात्र होइन, खास गरेर जनवर्गीय बनाउनु पर्दछ । यसका निमित्त चाहिन्छ सांस्कृतिक पक्षीय क्रान्ति ! जुन क्रान्ति अन्य सामाजिक क्रान्तिहरूका साथसाथ चलाउनु पर्दछ ।

परन्तु सङ्घर्ष, आलोचना र सैद्धान्तिक सङ्घर्षको आवश्यकता गालीले पूरा गर्छ भन्नु यस लेखको आशय होइन । यस अध्ययनको अर्को मुख्य प्रयोजन त जनतालाई उसको सम्पूणर्तामा बुझ्ने प्रयास गर्नु हो । जस अन्तर्गत यस्ता मसिना कुराहरूमाथि पनि ध्यान दिनुपर्दछ भन्ने हो । आज जनता शब्दलाई ज्यादै सस्तो बनाइएको छ । तर उसलाई निकटबाट उसको जीवनको प्रत्येक कोण र पक्षबाट हेर्ने प्रयास गरिएको छैन । जनता बारेको पनि सामान्यको निर्धारण उसका विशिष्टताहरूको एकत्रीकरणबाट र उसको प्रत्येक पक्ष वा अङ्गलाई उसको सम्पूणर्तामा राखेर हेर्ने दृष्टिकोणबाट गर्नुपर्दछ र मात्रै हामीले उसको समक्ष लाग्ने कार्यक्रमहरूको निर्धारण गर्नमा, जनतालाई अगाडि राखेर गरिने कार्यहरूमा गल्ती गर्ने छैनौँ ।

(युगभाषा अङ्क-७, वि.सं. २०२८, स्याङ्जा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुद्धिजीवी

बुद्धिजीवी

भेषजराज शर्मा
दोस्ती

दोस्ती

भेषजराज शर्मा
सुँगुर

सुँगुर

भेषजराज शर्मा
काठमाडौँ गनायो

काठमाडौँ गनायो

भेषजराज शर्मा
चोर

चोर

भेषजराज शर्मा
0
Would love your thoughts, please comment.x
()
x