साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौँ गनायो

मन्त्रै कालो जपनियमको न्याय कानून कालो । तन्त्रै कालो जनगणमहाँ व्याप्त आचार कालो । धन्दा कालो धन-मन तथा धर्म कालो । गरायो कालै हग्दै दिनदिन कठै ! काठमाडौँ गनायो ।

Nepal Telecom ad

उर्लीउर्लीकन धरहरा गर्छ यो प्रश्न यौटा
कुर्ली घण्टाघर अब बित्यो भन्छ ठोकेर घण्टा ।
मानी सुर्ता अधिक वयको पोखरी झन् करायो
के भो यस्तो भन न किन यो काठमाडौँ गनायो ? ।।१।।

लागे द्यौताहरू पनि यहाँ स्म्याक तानेर डुल्न
लागे आफैं अब गुरुहरू धर्मको मर्म तोड्न ।
हाम्रा देवस्थलहरू सबै कोपरा झैँ गरायो
थुप्री मैला भुवनभरका काठमाडौँ गनायो ।।२।।

खोल्छिन् बाला जब प्रगतिका मूल सम्झेर धारा
प्यूँछन् प्यारा युवक हँसिला देशका नैन तारा ।
धारैपिच्छे तर किन यहाँ हुस्स रक्सी बगायो
हस्की हस्की शिव ! शिव ! कठै ! काठमाडौँ गनायो ।।३।।

मन्त्रै कालो जपनियमको न्याय कानून कालो
तन्त्रै कालो जनगणमहाँ व्याप्त आचार कालो ।
धन्दा कालो धन-मन तथा धर्म कालो गरायो
कालै हग्दै दिनदिन कठै ! काठमाडौँ गनायो ।।४।।

बेची आमासरि निजकला संस्कृति भ्रष्ट पार्‍यो
नेपालीको छवि र नियती खाल थापेर हार्‍यो ।
मर्यादा नै बसनरहिता द्रौपदी झैँ गरायो
के भो यस्तो भन न किन यो काठमाडौँ गनायो ? ।।५।।

वि.सं २०४५/४/२६, लालसलाममा सङ्ग्रहित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुद्धिजीवी

बुद्धिजीवी

भेषजराज शर्मा
दोस्ती

दोस्ती

भेषजराज शर्मा
सुँगुर

सुँगुर

भेषजराज शर्मा
चोर

चोर

भेषजराज शर्मा
गाली एक समस्या र वास्तविकता

गाली एक समस्या र...

भेषजराज शर्मा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x