साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर

भएँ फटाहा म गरीब चुस्थेँ प्रपञ्च पञ्चायतमा गनिन्थेँ । मन्त्री भए मोज गरेर घुम्थेँ लज्जा सबै भाषणले म थुन्थेँ ।। जहान-बच्चा कसरी म पालूँ संसार आफ्नू कसरी सँभालूँ । तसर्थ चोरेँ भन के बिराएँ बाटो यही एक थियो समाएँ ।।

Nepal Telecom ad

डिट्ठा हुँदो हूँ त म घूस खान्थेँ
न्यायावतारी म बनेर हिँड्थेँ ।
जाली भए दोब्बर व्याज लिन्थेँ
बनी स्वयं शासक दण्ड दिन्थेँ ।।१।।

भए फटाहा म गरीब चुस्थेँ
प्रपञ्च पञ्चायतमा गनिन्थेँ ।
मन्त्री भए मोज गरेर घुम्थेँ
लज्जा सबै भाषणले म थुन्थेँ ।।२।।

ठगेर खान्थेँ म भएँ पुरेत
बनेर हिँड्थेँ अनि देवदूत ।
हुँदो हुँ या सन्त कुनै महन्त
बसी बसी शोख लुटी तुरन्त ।।३।।

तिम्रो हुँदो हूँ भतिजो म सालो
मिल्थ्यो अवश्यै पनि आज पालो ।
सक्दो हुँ भेटी अथवा थुपार्न
पाऊ परी भोट र पोष्ट माग्न ।।४।।

मबाट यी काम हुँदै भएनन्
अरू कुनै काम छँदै थिएनन् ।
कमाइने काम दिँदै दिएनन्
गरीब जानेर लिँदै लिएनन् ।।५।।

सेवा गरेँ साहुहरू रिझाएँ
‘होला कि’ ले जीवन यो बिताएँ ।
परन्तु उल्टो फल भोग्न पाएँ
सम्पत्ति आफ्नै पनि जो गुमाएँ ।।६।।

जहान-बच्चा कसरी म पालूँ
संसार आफ्नू कसरी सँभालूँ ।
तसर्थ चोरेँ भन के बिराएँ
बाटो यही एक थियो समाएँ ।।७।।

चोरै भएँ लौ अब ठोक नेल
पाता कसी बाँध र हाल जेल ।
अजम्मरी शक्ति परन्तु हेर
थियो कसैको छ कहीँ बुझेर ।।८।।

वाराणसी २/४/१९५९ आसामबाट प्रकाशित हुने ‘ब्रहपुत्र’ मा प्रकाशित, आत्मप्रकाशमा सङ्ग्रहित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुद्धिजीवी

बुद्धिजीवी

भेषजराज शर्मा
दोस्ती

दोस्ती

भेषजराज शर्मा
सुँगुर

सुँगुर

भेषजराज शर्मा
काठमाडौँ गनायो

काठमाडौँ गनायो

भेषजराज शर्मा
गाली एक समस्या र वास्तविकता

गाली एक समस्या र...

भेषजराज शर्मा
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
रक्सी पिएर फकँदा

रक्सी पिएर फकँदा

गोपालकुमार मैनाली
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
0
Would love your thoughts, please comment.x
()
x