बाबुराम न्यौपाने ‘उत्स’चार ठोक्तक
देशको गरिमा कुर्सीको बन्दकी राखेपछि भेदिया बैरीलाई जस्केलोबाट डाकेपछि सिमानाको रक्षा कसरी गर्न सकिन्छ त दलालहरुकै भान्साको स्वाद चाखेपछि ।

१.
कोही गमलामा धान रोपेर कृषिमा क्रान्ति गर्दैछन्
कोही लोकतन्त्रको ब्याडमा उसिनेको बिज छर्दैछन्
जताततै पद र पैसाको भद्दा चुरिफुरी बढेको बेला
स्वाभिमान र समृद्धि भने रुँदै पातालतिर झर्दैछन् ।
२.
देशको गरिमा कुर्सीको बन्दकी राखेपछि
भेदिया बैरीलाई जस्केलोबाट डाकेपछि
सिमानाको रक्षा कसरी गर्न सकिन्छ त
दलालहरुकै भान्साको स्वाद चाखेपछि ।
३.
लोकतन्त्र बाँदरको हातको नरिवल बनेको बेला
आफ्नैले आफ्नैलाई पुर्न खाडल खनेको बेला
केको सिद्धान्त र सहअस्तित्वको कुरा गर्नु यहाँ
भ्रष्टहरुले भेलामा कमिसनको गड्डी गनेको बेला ।
४.
राणाशासन राजतन्त्र आफ्नै कारण गयो
लोकतन्त्रको डबलीमा केके भयो भयो
अझैसम्म सुशासनको आहट नसुनिंदा
गरीबजनले दुःखपीडा कति सह्यो सह्यो ।
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest





































