साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपममा काव्यवाचन तथा कृति लोकार्पण

अनुपम सिर्जना प्रतिष्ठान नेपालले नियमित सिर्जना वाचनको ११३ औं श्रृङ्खला सम्पन्न गरेको छ । उक्त अवसरमा स्र्रष्टा सूर्यकुमार पण्डितको कविता सङ्ग्रह ‘शार्दूल-सागर’को समेत लोकार्पण गरियो ।

Nepal Telecom ad

काठमाडौं, १९ असार, २०७९ । अनुपम सिर्जना प्रतिष्ठान नेपालले नियमित सिर्जना वाचनको ११३ औं श्रृङ्खला सम्पन्न गरेको छ । उक्त अवसरमा स्र्रष्टा सूर्यकुमार पण्डितको कविता सङ्ग्रह ‘शार्दूल-सागर’को समेत लोकार्पण गरियो ।

लोकार्पित कविता सङ्ग्रह ‘शार्दूल-सागर’का बारेमा साहित्यकार श्रीहरि फुयाँलले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष जगदीश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो साहित्यकार डा.बमबहादुर थापा ‘जिताली’ ।

कार्यक्रमको पहिलो सत्रमा पुस्तक लोकार्पण गरिएको थियो भने दोस्रोमा आमन्त्रित अतिथि स्रष्टाहरूले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरूमध्ये डा.सत्यराज थपलिया, बि.बि.एस. थापा, मुकुन्द न्यौपाने, बालकृष्ण सुवेदी, दुर्गा रिमाल अधिकारी, रीता खतिवडा, विनुबाबा घिमिरे, सुधा बास्कोटा ढकाल, बद्रीप्रसाद दाहाल, चूडा निर्भीक, पूणर्प्रसाद पन्त, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, उत्तम विचार, जगदीश्वर पोखरेल, भाग्यशाली अधिकारी, शान्तिनारायण श्रेष्ठ, सूर्यकुमार पण्डित, सूर्यवदना पण्डित, अञ्जना गौतम, डा. बमबहादुर थापालगायतका स्रष्टाले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको बिसौनिमा प्रमुख अतिथि डा.बमबहादुर थापा ‘जिताली’ ले कृतिकार पण्डितलाई बधाई ज्ञापन गर्दै आगामी कृतिका लागि शुभकामना व्यक्त गर्नुभयो भने कार्यक्रमका सभापति जगदीश्वर पोखरेलले सबै आमन्त्रित स्रष्टाहरूलाई उपस्थितिका लागि धन्यवाद भन्दै कृतिकारलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम एडमार्क कलेज परिसर कलङ्कीमा सम्पन्न भएको थियो, जसको सञ्चालनमा हुनुहुन्थ्यो संस्थाका महासचिव जितु खड्का ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x