साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो शहरमा

लालचले भरिएका, मान्छे मात्र हुँदा र’छन् कोहि छैनन् सहयोगी, दानी त्यो शहरमा ।

Nepal Telecom ad

भयो अब कहिल्यै, नजानी त्यो शहरमा
आफ्ना मान्छेहरु पनि, नलानी त्यो शहरमा ।१।

गाउँले जीबन दुःखी भयो, भन्ठानेर एकदिन
पसेको थें सुखी मान्छे, ठानी त्यो शहरमा ।२।

लालचले भरिएका, मान्छे मात्र हुँदा र’छन्
कोहि छैनन् सहयोगी, दानी त्यो शहरमा ।३।

कति जना वाध्यताले, कति जना रहरले
लुटिन्छन् दिउँसै साना, नानी त्यो शहरमा ।४।

राम्रैसंग अनुभव, गरेको छु जीबनमा
कहिल्यै पनि आउँदैन, बिहानी त्यो शहरमा । ५।

दिसा पिसाव गर्न पनि, पाईन्न त्यो शहरमा
न पाईन्छ पिउनलाई, पानी त्यो शहरमा ।६।

स्वार्थले भरिएका, मान्छे बढी हुँदा र’छन्
भेटिएन ममताको, खानी त्यो शहरमा ।७।

जीन्दगीको यात्रा चल्न, एकदमै कठिन छ
एउटै र’छ सबैको, कहानी त्यो शहरमा ।८।

सबै हिसाब किताब गर्दा, गाउँमै छ खुसी पन
बस्दिन म कैल्यै मेरी, रानी त्यो शहरमा ।९।

थोरै भन्दा धेरै रै’छ, हानी त्यो शहरमा
धेरैलाई कष्ट जिन्द-गानी त्यो शहरमा ।१०।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x