पदम भण्डारीत्यो शहरमा
लालचले भरिएका, मान्छे मात्र हुँदा र’छन् कोहि छैनन् सहयोगी, दानी त्यो शहरमा ।

भयो अब कहिल्यै, नजानी त्यो शहरमा
आफ्ना मान्छेहरु पनि, नलानी त्यो शहरमा ।१।
गाउँले जीबन दुःखी भयो, भन्ठानेर एकदिन
पसेको थें सुखी मान्छे, ठानी त्यो शहरमा ।२।
लालचले भरिएका, मान्छे मात्र हुँदा र’छन्
कोहि छैनन् सहयोगी, दानी त्यो शहरमा ।३।
कति जना वाध्यताले, कति जना रहरले
लुटिन्छन् दिउँसै साना, नानी त्यो शहरमा ।४।
राम्रैसंग अनुभव, गरेको छु जीबनमा
कहिल्यै पनि आउँदैन, बिहानी त्यो शहरमा । ५।
दिसा पिसाव गर्न पनि, पाईन्न त्यो शहरमा
न पाईन्छ पिउनलाई, पानी त्यो शहरमा ।६।
स्वार्थले भरिएका, मान्छे बढी हुँदा र’छन्
भेटिएन ममताको, खानी त्यो शहरमा ।७।
जीन्दगीको यात्रा चल्न, एकदमै कठिन छ
एउटै र’छ सबैको, कहानी त्यो शहरमा ।८।
सबै हिसाब किताब गर्दा, गाउँमै छ खुसी पन
बस्दिन म कैल्यै मेरी, रानी त्यो शहरमा ।९।
थोरै भन्दा धेरै रै’छ, हानी त्यो शहरमा
धेरैलाई कष्ट जिन्द-गानी त्यो शहरमा ।१०।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































