साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहस्य

उसले कान नजिकै आएर गर्व साथ भन्यो- “मेरा तीन अभिन्न मित्रहरूको सहयोगले नै यो सब उपलब्धि हासिल भएको हो मित्र ।” मैले उत्सुकता पूर्वक मित्रहरूको नाम सोधेँ- ऊ भन्दै थियो, “चाकरी, चाप्लुसी र भ्रष्टाचार ।”

Nepal Telecom ad

हेर्दाहेर्दै सोमप्रसादले सहरमा घडेरी किन्यो र दुई तले आधुनिक घर पनि बनायो । उसको भेष, भूषा तड्क भडक फूर्ति देखेर म तीन छक्क परेको थिएँ । बूढीको शान, सोख त झन् बेग्लै थियो ।

केहि वर्ष अगाडि हामी सँगै डेरामा बस्थ्यौं उसको र मेरो जागिर उस्तै तलब पनि बराबर जस्तै थियो । कान्छीको भट्टीमा लोकल पिएर नै सन्तुष्टि लिएका थियौं । ऊ हेर्दाहेर्दै सम्पन्नताको शिखर उक्ल्यो । कहिले भन्सार कहिले मालपोत धेरै ठाउँ चाहर्दै बढुवा हुँदै सुब्बा नि भइसक्यो ।

म जहाँको त्यहीं छु । न बढुवा हुन्छ न सरुवा हुन्छ महिना बित्छ तलब आउँछ सकिन्छ । सुको बचत हुने होइन । घर -अफिस बस् जिन्दगी सकसपूर्ण चल्दै छ ।

त्यो सीमित आम्दानीले कसरी यत्रो सम्पन्नताको शिखरमा पुग्यो होला मलाई अचम्म लाग्छ र उसको त्यो सानदार जिन्दगी देखेर कहिलेकाहीँ यो मनभित्र औडाहा पनि भएर आउँछ ।

एक दिन उसले मलाई गतिलो रेस्टुरेन्टमा डिनरको अफर गर्‍यो । विदेशी हुस्कीले ज्यान तताउँदै मैले आफ्नो जिज्ञासा उसको कान नजिकै लगेर राखेँ-

“होइन मित्र यो परिवर्तनको रहस्य मलाई पनि सुटुक्क भन न मेरो नि हालत केहि बलियो हुन्थ्यो कि ?”
उसले कान नजिकै आएर गर्व साथ भन्यो-
“मेरा तीन अभिन्न मित्रहरूको सहयोगले नै यो सब उपलब्धि हासिल भएको हो मित्र ।”

मैले उत्सुकता पूर्वक मित्रहरूको नाम सोधेँ-
ऊ भन्दै थियो, “चाकरी, चाप्लुसी र भ्रष्टाचार ।”

हेटौँडा-४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x