साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगोमा फुलेको देश

आगोलाई फूल नबनाऊ साथी हामीलाई त आगोमै फुल्नु छ र आफैँ जलेर पनि उज्यालो बनाउनु छ देशको चेहरा मरेर पनि बाँच्नु छ, युगौँ युगसम्म ।

Nepal Telecom ad

यो आगोमा फुलेको देश हो
नसोच्नू, आगोलाई फूल बनाउँछु ।
हिजैमात्र
निःशस्त्र यो छातीमा गोली हानेपछि
हार स्विकारेथे वैरीहरूले ।
आज,
छाती पहाड बनेको छ
र फुलाइरहेछ रगत बगेकै ठाउँमा रातो गुराँस
बढाइरहेछ, यही देशको गौरव ।
मेरै हात काटिदिएपछि
नहारेको वीरताले
मैले प्रतीकार गरिदिँदा
हात जोडेर आफ्नै जीवनको भीख मागेथे
हात हुनेहरूले ।
त्यसैले आज
शिर बनेको छ सगरमाथा
जहाँ फरफराइरहन्छ चन्द्र सूर्य अङ्कित झन्डा झन्डा ।
मेरै गोडा काटिदिएपछि
भागेर बाँचेथे गोडा हुनेहरू
त्यसैले,
कतै नसर्ने जङ्गे पिल्लर भएको छ शरीर सिमानाको
अझै पनि परदेशमा इज्जत लुटिएपछि
शरीर ढाकेर मर्छे चेली
सायद मर्नुअगावै सोच्छे
म मरेर पनि इज्जत त बचाउनुपर्छ ।
पुरानो इस्टकोटमा
नयाँ खल्ती राखेर मुगलान पसेको हर्के
एउटा खल्तीमा माटो र
अर्कोमा
सपना बोकी हिँड्छ
देशको नक्सा बोकी हिँड्छ
यसरी
आँखाको सपना बेचेर
देश नछाड साथी
नत्र तिमीले देशलाई छाडेजसरी
देशले पनि तिमीलाई छाड्न सक्छ
आगोलाई फूल नबनाऊ साथी
हामीलाई त आगोमै फुल्नु छ
र आफैँ जलेर पनि उज्यालो बनाउनु छ देशको चेहरा
मरेर पनि बाँच्नु छ,
युगौँ युगसम्म ।

धादिङ
(नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव -२०७९ मा द्वितीय पुरस्कार प्राप्त)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x