साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्दर भविष्यको सपना

म फेरि तर्सें, यो कस्तो विडम्बना हो ? मलाई मेरै युगले चिन्दैन मलाई मेरै भविष्यले चिन्दैन कठै ! मलाई मेरै देशले चिन्दैन मलाई आफ्नै दुर्भाग्यमा रुन मन लाग्यो खै ! कसरी देखुँला म सुन्दर भविष्यको सपना ।

Nepal Telecom ad

मलिन अनुहार लिएर चौबाटोमा उभिएको युवकलाई मैले सोधेँ
तिम्रो हातको कापी-कलम कसले खोस्यो ?
ऊ केही बोलेन, खालि मलाई घुरेर हेर्यो
मैले फेरि सोधेँ—
तिम्रो हातमा यो ढुङ्गा कसले राखिदियो ?
ऊ केही बोलेन र अर्को पट्टि फक्र्यो
उसको गोजीमा ठूलो सलाईको बट्टा थियो
म तर्सें, उसको कम्मरमा खुकुरी र मोजामा चक्कू पनि थियो ।

मध्याह्रनमा, यो व्यस्त चौबाटोमा
यो उमेरमा, यो मुद्रामा
म तर्सें, उसको भविष्य सम्झेर
म तर्सें, मेरो देशको अवस्था सम्झेर
म तर्सें, मेरो किशोरावस्था पक्का पनि यति भयानक थिएन
मेरा स्कुले दिनहरू यति दर्दनाक थिएनन्
त्यो किशोर मेरो कोही थिएन
तर मेरो सर्वस्व थियो
रगतको साइनो थिएन तैपनि
त्यो मेरो युग थियो
त्यो मेरो भविष्य थियो
वास्तवमा त्यो मेरो देश थियो ।

मैलेभनेँ— बाबू । फर्क, मतिर हेर
मेरो प्रश्नको जवाफ देऊ
यो ढुङ्गाले जुन घरमा हाने पनि
हामीजस्तै मान्छेको बिचल्ली हुन्छ
जसलाइ चोट लागे पनि
हाम्रै जस्तो रगछ बग्छ
उसले भन्यो— म सुन्दिनँ, केही पनि सुन्दिनँ
केवल म देख्छु मात्रै
हेर्नोस्, कति फोहोर छ चारैतिर
मैले भनेँ— सफा गरौँला
हेर्नोस्, निस्पट्ट अँध्यारो छ जताततै
मैले भनेँ— बत्ती बालौँला
अभाव छ, हटाउँला
दुःख छ, बाँडौँला
फाल, बिन्ती छ, यी कलिला हातहरूमा
कठोर ढुङ्गा सुहाउँदैन
यो कम्मरको खुकुरी पनि फाल
त्यो चक्कू र सलाई पनि फाल ।

ऊ एक छाँटले उभिइरह्रयो
मलाई घुरेर हेरिरह्यो
र बेस्सरी टाउको हल्लाउँदै भनिरह्यो
नसुनाउनोस् मलाई यस्ता बातहरू
म केही पनि सुन्न चाहन्नँ
सुन्दासुन्दै थाकिसकेको छु
म केही पनि सुन्दिनँ र तपाईंलाई चिन्दा पनि चिन्दिनँ
म फेरि तर्सें, यो कस्तो विडम्बना हो ?
मलाई मेरै युगले चिन्दैन
मलाई मेरै भविष्यले चिन्दैन
कठै ! मलाई मेरै देशले चिन्दैन
मलाई आफ्नै दुर्भाग्यमा रुन मन लाग्यो
खै ! कसरी देखुँला म
सुन्दर भविष्यको सपना ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x