साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी सक्छौँ सक्छौँ सक्छौं

बेला बेला अनुगमन गर्न आए जस्तो गर्ने जागिर खाए जस्तो गर्ने सरकारी टोलीलाई हामी हरियो घाँसको मुठ्ठोले हिर्काएर बेहोश बनाउन सक्छौं घाँस खान नमान्ने अटेरीलाई बाँसले हानेर होशमा ल्याउन पनि सक्छौं ।

Nepal Telecom ad

नक्कली होस् कि सक्कली खल्तीमा एउटा डर्टिफिकेट
घाँटीमा एउटा लुन्द्रो झुण्ड्याएपछि
हामी बिरामीहरूको आन्द्रो सजिलै चिर्न सक्छौं
कैंची बोकेर पैसा टिप्न
हामी पाठेघरभित्रै पनि छिर्न सक्छौं
पान परागको खोल भित्रै छाडेर
हामी सकुशल बाहिर फिर्न सक्छौं
हामी सक्छौँ ।

सडक बनाउन, कलेज पढाउन
किन चाहियो सक्कली ?
घर बनाउन, झण्डा हल्लाउन,
पढ्दै नपढेकाले पाइलटको प्रमाणपत्र बोकेर
हामी आकाशमा जहाज उडाउन सक्छौं
जहाजलाई भिरैभिर गुडाउन सक्छौं
हामी सक्छौँ ।

हातमा शिप र दिमागमा पिप भरिएपछि
कुहिएका मिठाईका किरै समेत पकाएर
नयाँ स्वादका नयाँ मिठाइको आविस्कार गर्न सक्छौं
दिसा मिसिएको मिनरल वाटरका जारले
हामी सारा बजार भर्न सक्छौँ
थोत्रा जुत्ताबाट बनेको त्यति स्वादिलो हुँदो रहेनछ
हाडखोर र गनाउने मोजाबाट
हामी स्वादिलो रक्सी बनाउन सक्छौं
हामी सक्छौं ।

खुला अर्थतन्त्रमा खुला बजार
सयको माललाई खुलेआम हजार डेड हजार
ढक तराजु कुच्याएर हामी आलु बेच्न सक्छौं
घिऊ बनाएर बजारमा हामी पिँडालु खेप्न सक्छौं
पितललाई सून बनाउन सक्छौं
बालुवालाई नून भनाउन सक्छौं
पाइखाना जस्तो खाना बेचेर लखपती बनौं
कि ओखतीको खोलमा अफिमको झोल
आपूर्ति गरेर अर्बपति बनौं
हामी सक्छौं ।

बेला बेला अनुगमन गर्न आए जस्तो गर्ने
जागिर खाए जस्तो गर्ने
सरकारी टोलीलाई हामी
हरियो घाँसको मुठ्ठोले हिर्काएर
बेहोश बनाउन सक्छौं
घाँस खान नमान्ने अटेरीलाई
बाँसले हानेर होशमा ल्याउन पनि सक्छौं
हामी सक्छौं ।

हामी यहींको यहीँ मिटर फोरेर
ट्याक्सीलाई दोब्बर भाडा उठ्ने
भाँडो बनाउन सक्छौं
हामी यहींको यहीं लुटेरा रोबोट जोडेर
पेट्रोलपम्पलाई पैसा लुट्ने हाँडो बनाउन सक्छौं
कसका पिताको तागत हामीलाई रोक्ने
नयाँ नयाँ आविस्कारहरूको बाटो छेक्ने
हामी यहीँको यहीं सलाई कोरेर
सहरमा आगो बाल्दिन सक्छौं
हेर्दा हेर्दै मुलुकको सरकार अहिल्यै ढाल्दिन सक्छौं
हामी सक्छौँ । हामी सक्छौँ सक्छौँ सक्छौं ।

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x