साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मकै

पोलेर खानू या भुट्नू, उसिन्नू कि पकाउनू कोपर्नू कि दाँतैले, दूधे खानू, अघाउनू ठूला-ठूला फुला टिप्दै, मुलासिर बुताउनू हालेको दाँत फुस्केला, ठेला भो, नचपाउनू !

Nepal Telecom ad

उखु जस्तो पनि मै छु, उखु नै हैन तै पनि
शिरमा धान छ मेरो, धानै त हैन मै पनि

वस्त्र बेरेर घोगामा, लाज ढाकिरहेछु म
सारा गरिबको भोक, मेट्न ‘मकै’ भएछु म

कैलो, कैलो जुँगा मेरो मात्र श्रृङ्गार हो अर !
पैला पैला ठूला आलु, जरामा फल्दथे अरे !

हराए अब ती छैनन्, घोगा मात्रै छ ढाडमा
भीरमै रोप जे होग होगा “साला पहाडमा” !

पोलेर खानू या भुट्नू, उसिन्नू कि पकाउनू
कोपर्नू कि दाँतैले, दूधे खानू, अघाउनू

ठूला-ठूला फुला टिप्दै, मुलासिर बुताउनू
हालेको दाँत फुस्केला, ठेला भो, नचपाउनू !

मकै, भटमास क्या मीठो ! बदाम या चनासित
बकुल्लासित मिसिन्छ, बैर राख्दैन कोहीसित

‘मकै’ भन्छ- “म के हैन ?” सारा संसार डुल्छु म
हाँडीमा भुट या माइक्रोवेभमा भुट, फुल्छु म !

०००

हाल, बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x