सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाका मान्छेको सँस्मरण र विस्मृतिका कुरा

उमेरिदा उमेरजन्य आवस्यक रहेका कुराहरू सम्झनु र हेक्का रहनु स्वभाविक हो भने त्यतिधेरै नचाहिने कुरा र प्रशङ्गहरू बिर्सनु वा उस्तै भन्न र गर्न नसक्नु पनि ठिकै हो ।

Nepal Telecom ad

उमेरिदै जाँदा संसारमा सबै मानव समुदायका पाका मान्छेमा पलाएका चिन्ताहरूमा एउटा चाहिँ समान देखिन्छः बिर्सने बानी । प्राय सबै पाका मान्छेमा वयस्क हुँदाको बेलाजस्तो घनिभूत छलफलमा भाग लिन, शारीरिक रुपले दौडधुप गर्न र नयाँनयाँ काम गर्न मन नलाग्ने हुनसक्छ । सामान्य काम वा प्रविधिका कुरा पनि चाँडै सिक्न नसक्नेभएको पाको भएकाले हो भनि आफ्नो अवस्थामा निराश भएको पाइन्छ । उहाँहरू आफ्नो सम्झने शक्ति र क्षमतामा अभाव भएको चिन्ता गर्न थाल्नुहुन्छ र भन्नुहुन्छ, ‘बुढो सुगाले कहाँ बोल्न सिक्छ र ?’

गर्न खोजेको काममा प्रक्रिया सम्झे पनि चाहिने बस्तु बिर्सनु, एकसुरमा हिँड्दा अघिपछिको हेक्का नहुनु, कहीँ दिनुपर्ने रकमको चिन्ताले बुझाउने रकम बोक्नु तर सम्बन्धित कागज बिर्सनु, राम्रो चिजबिज देख्दा लिन मन लागेर मोलमोलाई गर्नु तर खल्तीमा पैसा नभएको वा कम भएको बिर्सनु जस्ता घटना पाका उमेरमा हुने सामान्य बिर्सने परिबर्तन हुन् । यस्ता घटनाकै कारण आफूलाई बिस्मृतिमा जान लागेको वा स्मरण शक्तिको ढोकानै बन्द भएको भनी आत्तिनु हुन्न । उमेरिदा लामो कालखण्डको अनुभव, शिक्षा र अठोटेको निश्चित मापदण्डले मानिसका मनपर्ने नपर्ने र ध्यानदिने नदिने बस्तुप्रतिको बिचारले पनि हुनसक्छ । यस्ता लक्षणलाई असाध्य रोग बिस्मृतिको दिशामा गएको, दिमाग खुस्कन लाग्यो भनेर भनिहाल्नु हुन्न, सामान्य हेक्का चाहिँ राख्नुपर्छ ।

स्मरण रहने कुनै जानकारी उक्त कामकुराप्रति व्यक्तिको ईच्छा, आकर्षण, आवस्यक्ता र अनुकुलता हेरेर क्षणिक, अस्थायी र स्थायी हुनसक्छ । उमेरिदै जाँदा बढि प्रयोगमा नआएका वा दैनिकीमा नपरेका बिर्सदैजाने पनि हुन्छ । पाको उमेरमा पहिले कण्ठस्थ केटाकेटीका कुरा सम्झिएन भनि के पिर गर्नु र स्मरणलाई दोष लाउनु ? उमेर पाको हुँदै गएपछि ईच्छा, आवश्यक्ता र जरुरी कुरा पहिलेजस्तो छिरोलिएको हुँदैन । खासखास कुरामा ध्यान हुनेहुनाले तपशिलका कुरा बिर्सिएका हुन् । यस्तो त पाको भएको सामान्य र असल लक्षण हो डराउनै पर्दैन । बरु जानेको दैनिक, गर्नैपर्ने घरायसी काम, आफ्नै घरखेत, आफन्त नचिन्हे र अनौठो मानेर हेरे चाहीँ स्मरणमा सङ्कट आउन थाल्यो र बिर्सनेको समस्या सुरु भएको अनुमान लगाउन सकिन्छ । त्यस्तो स्मरण र प्रष्ट सोच्ने सिक्ने चेतनाका समस्या आफू वा आफन्तलाई हुनथाले चाहिँ उपयुक्त चिकित्सकको सल्लाह लिन ढिलो नगर्नु राम्रो हुन्छ ।

केही सामान्य अवस्था नरहेको असामान्य लागेकाले गर्ने समस्याहरू यसरी टिपेर चिकित्सकलाई जानकारी दिएमा परामर्श फलदायी हुने अमेरिकी उमेरिदाको मानसिक र स्नायु प्रतिष्ठानले अघि सारेको छ । समस्या देखिएकाले गर्ने गतिविधिः १. अल्प समयभित्र उही काम बारेमा उहीखालका उत्सुकता वा अनभिज्ञताभएको भनि प्रश्न दोहोर्‍याई रहनु, २. सबै जानकारी भएको र पहिलेदेखि चिन्हेको ठाउँमा बाटो बिराएर अलमलमा पर्नु, ३. सामान्य र सरल भाषामा भनेका नीतिनियम र निर्देशन पालन गर्न समस्या परेको स्वभाव देखाउनु, ४. अथ्र्याएको काम, निश्चित गरेको समय, तोकेको मान्छे भेट्न र ठाउँमा जान बिर्सनु वा हो कि होईन भनि आफैँ अलमलिनु र ५. आफ्नै रेखदेख वा भलाईमा गरिने उचित खानपान, नुहाईधुवाई र यथायोग्य नातेदार, ईष्टमित्र र साथीभाइमा उल्टापाल्टा गर्न खोज्नु । यस्ता व्यवहार देखिन्छन् भने बिस्मृतिले गाँज्नलाग्यो भनि यथेष्ठ बणर्नसहित चिकित्सकलाई भेट्दा बिरामी जोखिममा पुग्नुअघि बचाउन सकिन्छ ।

बिर्सने समस्या रोक्ने प्रारम्भिक उपायः
आफू वा आफन्तमा स्मरण शक्ति र मस्तिष्क क्षमतामा देखापरेको असामान्य फेरबदललाई प्रारम्भमा केहि प्राविधिक र व्यवस्थापकीय उपायहरू गरेर रोकथाम गर्न वा समस्या न्युनीकरण गर्न सकिन्छ । १. नयाँ कुरा, खेल वा प्रविधिमा चाख जगाई बारम्बार गर्न लगाउने । २. दैनिकीको तालिका बनाउने र सोही अनुसार हेरीहेरी गर्न लगाउने । ३. कामका योजना बनाउने, लिपिबद्ध गर्ने, कुन दिन वा महिनामा गर्ने भनि पात्रो र लिखतमा सूचि बनाई उल्लेख गर्न लगाउने । ४. सँधै आवस्यक पर्ने घरका हरेक बस्तु जस्तो ढोका र दराजका ताल्चाको साँचो, पैसा राख्ने थैली, मोवाईल फोन, आँखाका चस्मा, कलम आदि उही ठाउँमा राख्ने । भान्छामा पनि थाल, रिकापी, कचौरा, गिलास, काँटाचम्चा, दाबिलो, चक्कु, चुलेसी, कर्द, कैँची, सनासो डाडुपन्यौँ, पकाउने भाँडा सबै चिजबिज आआफ्नो निश्चित एकै ठाउँमा राख्ने । किताबहरू धेरै छन् भने लेखक वा शीर्षकको बणर्ानुक्रम अनुसार राख्ने । ५. अब फलानो चिज फलानो ठाउँमा छ भन्न सक्ने पार्नलाई शारीरिक र मानसिक क्षमता विकासका लागि अनुकुल अवस्थामा बारम्बार सोधपुछ गरेर झिक्न वा राख्न लगाउने । ६. बाहिरफेर निस्कन सुरक्षित भए, सके र मनलागे योग्यता अनुकुलका सँस्था, विद्यालय अथवा आस्थाअनुसारका स्थानमा जाने र सकेको स्वयमसेवा गर्ने । ७. सामान्य दैनिकीपछि घरभित्र रहेकासँग र सकेसम्म उही उमेरसमुहका साथीभाइ कहाँ जाने वा बोलाई कुराकानी, खेलबाड गर्ने । ८. उमेर र स्वास्थ्यअनुसार आवस्यक वा कम्तीमा सातआठ घण्टा राती मस्त निदाउन खोज्ने । ९. सामान्य व्यायाम गर्ने गराउने र दैनिक हिँडाई कायम राख्ने । १०. सन्तोष मानेर घरमा भएका वा स्वास्थ्यलाई फाईदा गर्ने थप खानेकुरा खाने र उच्च रक्तचाप नियन्त्रणमा राख्ने । ११. अति कुनै खानपिन नगर्ने अझ मादक पदार्थ त सेवनबाट टाढा बस्ने ।

उपरोक्त तरिकालाई नियमित सचेत भई गर्दा पक्कै पनि उमेरिदा ढिम्कन खोज्ने मानसिक र बिस्मृतिका समस्या हटाउन सकिएला । यदि यस्ता सामान्य तर नियमबद्ध प्रयाशले हप्तादिन बित्दा पनि समस्यामा सकारात्मक परिणाम नआएमा उचित बिज्ञ चिकित्सकलाई भेटी समाधानतिर जानु ठिक हुन्छ । किनकी औषधिनै नगरे त रोगले गाँजेर पछि निको नहुने वा त्यसकै कारण ज्यान जोखिममा पर्नसक्छ । रोगले छोयो भनेर निराश हुने र गराउने होइन, मानिसलाई जिउँदो हुन्जेल रोग लाग्छ, अनौठो होइन, पापको फल होइन, निको हुन सकिन्छ भनि उपचारमा अघि बढने गर्नुपर्छ, पक्कै निको हुन्छ ।

सामान्य मस्तिष्कको विभेदः
पाका मान्छेमा एउटा अनौठो स्वभाव बिकसित हुनसक्छ, यसलाई चिकित्सकीय भाषामा सामान्य मस्तिष्कको बिभेदकोरुपमा लिन सकिन्छ । अरुहरूले भनेजस्तै उहाँहरूले बडो आत्मकेन्द्रीत भएर मनलागी गरेको भने होइन । उहाँहरूले आफ्नो हितमा स्मरण शक्तिको सहयोगमा आफ्ना आवस्यक सबै खालको काम गर्न सजिलै सक्नुहुन्छ । यस्तो एकोहोरो मनकेन्द्रित काम गराईले अल्ज्हाईमर सुरुहुने शङ्का गर्न सकिन्छ तर हुन्छनै भन्ने छैन । हुन त यस्ता मान्छेमा उही उमेरसमुहका भन्दा फरक भई आफ्ना सामान बारम्बार हराउने, ठाउँ बेठाउँ राख्ने, महत्वपूणर् दिनमा उपस्थित हुन र जान बिर्सने साथै भन्नखोजेका कुराको शव्द बिलोप हुने, नसक्ने स्थिति आएको हुनसक्छ ।

यस्ता घटना दोहोरिइरहेमा तपाइँ वा आफन्तलाई बानीव्यहोरा परिबर्तन गर्न र सक्रिय रहन केहि उपाय थप्नुपर्ने हुन्छ । उपयुक्त चिकित्सकसँग भेटेर स्मरणको परिबर्तनबारे अद्याबधिक जानकारी गराउनु पर्छ । उपचारमा अघि बढन लाग्दा उनले छदेखि बाह्र हप्तामा नियमित बिरामीको परिबर्तित अवस्थाको जाँचपडताल गरेर सुझाव दिन सक्छन् भनि उमेरिदाका समस्या हेर्ने सँस्थाहरूले भनेका छन् । तर डराएर आकासै खस्यो भनेजस्तो गरी अत्तालिएर समस्या झन बढाउनु हुँदैन ।

विस्मृतिः
सामान्यतया धेरै ध्यान नपुगेको अथवा अल्पकालिन देखेको, भोगेको, सुनेको र मनमा राम्ररी नगाडिएको अर्थात सँस्मरण गर्न नपर्ने खालका कामकुरो बिर्सन सक्छ । उमेरिदै जाँदा कैयौँ कुरा प्राथमिकतामा नपरेर सम्झनामा नरहनु स्वभाविक स्वस्थ्य प्रक्रियानै हो । बिस्मृति हुनु चाहिँ उमेरिदाको लक्षण होइन यो असामान्य मानसिक अवस्था हो । यस्तोहुँदा चेतना र स्नायुको समान्य र गरिनुपर्ने कामहरूको प्राकृतिक प्रक्रियानै बिग्रन थाल्दछ । त्यस्तो भयोभने मानिसको सोचाईमा बिब्ल्याँटोपन, सँस्मरणमा कमजोरी, सिकाईमा फरक अनुभूति हुनथाल्दछ । त्यस्ता मान्छेले उसका अनमेल तार्किक प्रक्रियाले गर्दा मानिसका आनिबानीमा यतिधेरै नकारात्मक असर गर्दछ कि व्यक्तिको नीजिमात्र नभई सामाजिक गतिबिधिनै डरलाग्दो बन्न पुग्दछ । बिर्सनु सामान्य हो र बिस्मृतिको एक लक्षण हो तर बिर्सदैमा बिस्मृति भएको मानिदैन ।

बिस्मृतिमा गएका मानिसमा बिर्सनुलगायत भाषागत समस्या, शव्दको बारम्बार अभाव, कुनै बस्तु देख्दा जस्तात्यस्तै अनुभूत गर्ने समस्या हुनसक्छ र जे हो त्योभन्दा फरक बणर्न गर्छन् । रातोलाई सेतो जस्तो भन्नु वा रङ्गलाई नचिन्नु, आफ्नो घरमा बर्षौँ पालेको कुकुरलाई बाघभालु सम्झनु, एकोहोरो आफ्नै जिद्दीमा चिजबिजको नाम उल्टापाल्टा भनिनु त्यस्तो अनुभूतिको प्रकट रुप हो । कुनै काममा एकाग्र हुन नसक्ने छटपटि धेरै गरिरहनु र अमिल्दा कामको संयोजन गर्न खोजिरहनु रोग लागेकालाई सामान्य हुने घटना हुन् । कतिपयको चालढाल, लवाईखवाई, अनौठो बोलीचाली भई परिबर्तनले व्यक्तित्वनै फरक पर्न थाल्दछ ।

उमेरिदै जाँदा बिशेषगरी ६५ वर्ष नाघेका पाका मान्छेमा बिस्मृतिका बिभिन्न रुप र प्रकार पनि देखापरेका हुन्छन् । मानिसको सामान्य बिर्सने बानी, उमेरजन्य फरक ध्यान, पहिले नदेखिएका नौला बानी र एकमना निणर्य गर्ने कुराहरू हेरेर एल्ज्हाईमर भइसक्यो भनि आत्तिने गर्नुहुन्न । त्यस्तो भएमा एल्ज्हाईमर अर्थात मान्छेलाई अल्झाउने नसा रोगमध्ये एउटा प्रकार तथा धेरैलाई हुनसक्ने अवस्था भनेर बणर्न गर्न सकिन्छ । सामान्य बिर्साई र अल्ज्हाईमरनै भइसकेको भनेर छुट्ट्याउन केहि लक्षणहरू तुलनात्मकरुपले अध्ययन गरेमा सजिलो होला ।

फरक लक्षणः
सामान्य उमेरिदा पाका मान्छेले कहिलेकाहीँ गलत र अमिल्दो निणर्य गर्न सक्छन् । एल्ज्हाईमर भएकाले सामान्य कमजोरी देखिने निणर्य बारम्बार दोहोर्‍याई रहन्छन् । उमेरिदै जाँदा काम र ध्यानको केन्द्र फरक अवस्थामा नियमित लिनेदिने काम कहिलेकाहीँ बिर्सनु स्वभाविक हुन्छ । रोगनै लागिसकेकाले नियमित बिजुली, धारा, टेलिफोन र भान्छाका सामान किनमेलका रसिद ठिक ठाउँमा राख्न र तिर्न बारम्बार बिर्सन्छन् । सामान्यतया हिजो आजका बार बिर्सने र पछि कुरा गर्दै जाँदा सम्झनु पाको मान्छेका बानी नै हुन्छ । यस्तो समस्या नियमित घरबाहिरको काम गर्न र दिनअनुसार तालिका बनाई काम नगरेपछि हुने सामान्य कुरा हो । तर एल्ज्हाईमर रोग लागेपछि दिनको अनुमानित समय र बारमात्र होइन गते, महिना र कुन वर्ष भन्ने पनि भन्न नसक्ने होइन अन्दाज गर्न पनि सक्दैनन् ।

बोल्दाबोल्दै कुन शव्द भनौँ भनि अड्कनु उमेरिदा सामान्यनै हो । आफ्नो हैसियत, उमेर र व्यक्तित्वअनुसार प्रयोग गर्ने शव्द खोज्दा बोली अड्किन सक्छ । निणर्य दिनुपर्दा मनमा कुरा खेलेर सहि कुराको खोजीमा अथवा नयाँ प्रशङ्गको गफहुँदा अनभिज्ञ भएर पनि पाका मान्छे नबोल्न सक्छन् । रोगले गाँज्न थालेकालाई त सामान्य वार्तालाप र छलफलमा नै बोल्न समस्या परेको र भित्र गाहारो भइरहेको अनुभूति अनुहारमानै देखिन्छ । सलल कुरा गर्न उहाँहरूलाई निकै कष्ट हुन्छ र बोल्नै छाड्नुहुन्छ, आवाज निक्ले पनि अँ अँ वा हँ हँ मात्र गरिरहनु हुन्छ, शव्दचयनमा नै भिषण कष्ट भइरहेको आभाष हुन्छ ।

दैनिक प्रयोग नहुने सामान, चिजबिज र कुराकानी बिर्सनु स्वभाविक हो, त्यस्तै भर्खरनै यताउति गरेको सामान तलमाथि परेर बिर्सनु पनि पाका मान्छेको लागि उमेरका कारणले सामान्य कुरा हो । ध्यान र सुर एकातिरको हुँदा हेक्का नरहन सक्छ र अत्तालिएर बिर्से भन्न सक्नुहुन्छ । एल्ज्हाईमर रोगनै लाग्नलागेको वा लागिसकेको भए बिभिन्न भावनाले हरेक चिजबिज अव्यवस्थित गरेर राख्ने, नमिल्ने चिजबिज एकै ठाउँ राख्नखोज्ने, मिल्ने चिज छुट्ट्याउने, केही सोचेर कुनै चिज एकातिर लुकाउने र अर्कोतिर धुइँपत्ताल खोज्ने बारम्बार गरिरहन्छन् । आपूु, आफन्त र चिनेका मान्छेमा हिजोआजकै घटना, बिचार, चिजबिज र कुराकानी निरन्तर बिर्सने प्रष्ट भइरहेको छभने उपयुक्त चिकित्सकसँग राम्ररी सरसल्लाह गरी सम्पूणर् जाँचपडताल गरिनु पर्छ ।

चिकित्सकले सामान्य लक्षण हेरेर निणर्यमात्र गर्ने होइन स्नायु सम्बन्धी उमेरिदा हुने लक्षण हो कि बिस्मृतिको समस्यानै हो भनि अनुसन्धान गरी निणर्य गर्न लगाउनेतिर जानुपर्छ । त्यसका लागि प्रयोगशालाका विभिन्न परीक्षण तथा बिरामी भनिएकाको गतिविधिको अध्ययन गरिनु पर्छ । दिमागको स्क्यान परीक्षण, सँस्मरण शक्तिको समस्याको सुरुवात र स्नायुबिज्ञ चिकित्सकको समेत एकीकृत सल्लाहमा मनोविज्ञानको अध्ययनपछि समस्याको हल निकाल्न सकिन्छ । उन्माद, विभिन्न संक्रमण भएर र औषधिकै गलत प्रभावको कारणले गर्दा पनि सोचाईका समस्या आएर सँस्मरणमा प्रभाव पारेको हुनसक्छ । कहिलेकाहीँ यस्ता समस्या खुट्ट्याई उपचार भई निको भएर दिमागी सँस्मरणको समस्या निको हुँदै जान सक्छ । त्यस्ता बिरामीले छदेखि बाह्र महिनाभित्र आवस्यक्ताअनुसार पटकपटक चिकित्सकको परामर्श र उपचारका लागि जानुपर्छ ।

मस्तिष्कको क्रियाकलाप असामान्य भएकै कारणले अल्ज्हाईमरले गाँजेमा सामान्य अवस्थामा सँस्मरण फर्किनु असम्भवप्राय हुनजान्छ । त्यसैले देखिएका लक्षणहरूको प्रयाप्त परीक्षण र अनुसन्धान गर्ने चिकित्सकहरूको सल्लाहमा गर्नसकिने सबैभन्दा राम्रो उपाय पहिचान गरी कार्यान्वयन गर्न लागिपर्नु पर्छ । चाहिले ठिक परिक्षणनै रोगको जरासम्म पुगेर उपचार गर्ने सहि चिकित्सकिय प्रणाली हो । अध्ययन ताकाकै ज्ञान, अनुभव चल्तीको सोचको आधारमा कसैले पनि उपचार गर्नु गराउनु अवैज्ञानिक र अमानबिय कार्य हो । यस कुरामा रोग लागेका पक्ष र उपचार गर्ने पक्ष दुबै सम्बेदनशिल र जिम्बेवार हुनुपर्दछ । नत्र त ‘टाउको दुख्या ओखती पेटमा लायी’ र जहाँ दुखे पनि ‘सिटामोल खा’ भनेजस्तो भएन र ?

अप्रमाणित औषधोपचारः
कहिलेकाहीँ बजारमा प्रयाप्त परीक्षण नगरिएका रोगबिरुद्धका चमत्कारिक औषधि पाइने हल्ला खुब हुन्छ । कसैले दिमाग तेज बनाउने, सँस्मरण बढाउने र बिस्मृति रोकथाम गर्ने गुण भएको भन्नेगरेका खुराक सेवन गर्न मरिहत्ते गरेको पनि सुनिन्छ । पाका मान्छे मात्र होइन युवायुवतीहरू समेत सबै सम्झिएर राम्रो नम्बर ल्याउने चाहमा परीक्षा अघि त्यस्ता औषधिको खोजीमा लागेको भन्ने सुनिन्छ । अप्रमाणित त्यस्ता औषधि, खानेकुरा, दिमागको तालिम हुने र असामान्य हुनबाट बचाउने भनि बेचिएका कम्प्युटर खेलहरूबारे सतर्क हुनुहोस् । त्यस्ता बस्तु असुरक्षितमात्र होइन पैसा र समयको बर्बादी पनि हुनसक्छ । त्यस्ताको सेवनले आफ्ना अरु रोगको औषधोपचारलाई बाधा पार्ने, प्रतिक्रिया गर्ने र उल्टो असर गर्ने पनि हुनसक्छ । अहिलेसम्म सँस्मरणसँग सम्बन्धित एल्ज्हाईमरका प्रारम्भिक र दोश्रो तहका लक्षणका लागि केहि औषधि र उपचार पद्दती बिकसित भएको छ । बिस्मृतिसँग सम्बन्धित रोग लागेपछि रोक्न सकिने केहि उपाय छन् तर एल्ज्हाईमरले गाँजीसकेको भएमा कुनै उपचार प्रकाशमा आइसकेको छैन ।

अन्त्यमा,
सामान्य बिर्सनु मानविय प्राविधिक कारणले पनि हुनसक्छ । बिर्सनु नै समस्या होइन, तत्कालिन बिचार, ध्यान र सुरले नचाहिने कुरामा हेक्का नरहन सक्छ । मस्तिष्कमा छाप पारेका क्षणिक, अस्थायी र स्थायी प्रकृतिमा सिकाई र अनुभवले सँस्मरण प्रक्रियामा फेरबदल भएर बिर्सने पनि हुन सक्छन् । उमेरिदा उमेरजन्य आवस्यक रहेका कुराहरू सम्झनु र हेक्का रहनु स्वभाविक हो भने त्यतिधेरै नचाहिने कुरा र प्रशङ्गहरू बिर्सनु वा उस्तै भन्न र गर्न नसक्नु पनि ठिकै हो । बिस्मृतिमा जानु र सम्झने समस्यामा आउने अस्वाभाविक फेरबदलमा भने सतर्क हुनै पर्छ । उन्माद बढाउँदै स्नायुको अलमलले बाँकी जीवन कष्टकर बनाउनु अघि एल्ज्हाईमर जस्तो घातक रोगबाट बच्न बेलैमा एकीकृत बिज्ञबाट उपचार गरी सकेको सामाजिक योगदान गर्न पाका मान्छे चनाखो होऔँ ।

०००
२०७९ भदौ १७
ल.पु. चालिसेडाँडा

लेखकका यस्तै रचनाः
१. पाका मानिसलाई घरमै राख्ने ! (१) फित्कौली डट कम अनलाईन, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
२. पाका मान्छेका तथ्यकुरा बुझौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, १८ जुन २०२२, असार ४, २०७९
३. पाका मानिसलाई घरमै राख्ने ! (२) फित्कौली डट कम अनलाईन, २०२२ जुन २१, असार ७, २०७९
४. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
५. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
६. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम अनलाईन, १७ जुलाई २०२२, साउन १, २०७९
७. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, १९ जुलाई २०२२, साउन ३, २०७९
८. पाका मान्छेलाई यत्तिभए पुग्छ ! क्यानाडा नेपाल डट कम अनलाईन, २२ जुलाई २०२२, साउन६, २०७९
९. पाका मान्छेका नियम आयो रे ! फित्कौली डट कम अनलाईन, ३० जुलाई २०२२, साउन १४, २०७९
१०. पाका मान्छेबाट यत्ति आश गरौँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, ६ अगस्त २०२२, साउन २१, २०७९
११. पाका मान्छेले कसरत गर्न हुन्छ, किन ? फित्कौली डट कम अनलाईन, १० अगस्त २०२२, साउन २५, २०७९
१२. पाका र अति पाका मान्छेले कति गर्न हुन्छ ? मकालुखबर डट कम अनलाईन, १७ अगस्त २०२२, भदौ १ २०७९
१३. पाका मान्छेका आनन्द कस्तो हुन्छ ? फित्कौली डट कम अनलाईन, २० अगस्त २०२२, भदौ ४, २०७९
१४. पाका मान्छेमा बिर्सने बानी कस्तो हुन्छ ? फ्रेसन्युजनेपाल डट कम अनलाईन, २१ अगस्त २०२२, भदौ ५, २०७९
१५. पाका मान्छेले सिकाऊँः दुःखमा के गर्ने ? फ्रेसन्युजनेपाल डट कम अनलाईन, ३ सेप्टेम्बर २०२२, भदौ १८, २०७९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे उमेरिदा के गर्ने ?

पाका मान्छे उमेरिदा के...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे किन पिरलो गर्छन् ?

पाका मान्छे किन पिरलो...

डा. मुकेशकुमार चालिसे
पाका बाआमाका अनौठा समस्या !

पाका बाआमाका अनौठा समस्या...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीमा हिँडाइडुलाई

बुढ्यौलीमा हिँडाइडुलाई

वासुदेव गुरागाईं
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे उमेरिदा के गर्ने ?

पाका मान्छे उमेरिदा के...

डा. मुकेशकुमार चालिसे