साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बनायौ स्वार्थी बालक !!

आय सोझो हुँदैहुन्न जिउँदै ढिकुरा चढेँ भ्रष्टका भीड राखेर बारुला म उता बढेँ ! दोष केही भए तिम्रै बाबुआमा भयौ तिमी तिम्रै हियारको सच्चा म टेकी हिँड्दछु जिमी !

Nepal Telecom ad

हुर्कायौ हुर्कियौँ स्वाट्ट तिनै लाडपियारले
देखायौ सपना ज्यादा अझ अग्ला दिवारले !
भौतिकका भए स्वप्न सिँढी सिँढी अझै सिँढी
मस्तिष्कमा सबै स्वप्न सजाएर बने पिँढी !!

कख पढेँ यता ठेल्यौँ विदेश देशका पथ
त्यता पुग्दा अझै अग्ले यिनै भौतिकका छत !
नरहेँ म ममा कैल्यै मानवीय न भो गति
कहाँनेर म खै आफ्नो छु सफा मनको मति ??

भएँ नेता चढेँ कुर्सी पत्नीका सपना सजेँ
विलासमोजका सारा परिवारभरी बजेँ !
खाका तलवका हेरेँ डाडु पन्यौँ लिएँ ममा
पहिलेका उठे स्वप्न सफा जीवन खै ममा ??

रचेँ जाल बुनेँ सारा भो अतीत धरोहर
झुप्रा फालेँ बनाएर आलिशान मनोहर !
चोटाकोठा सबै धप्के जग्मगाएँ ममा घर
आफ्नै स्वार्थ चढेँ अग्लो खै कता छु म सुन्दर ??

जे सिकायौ त्यही नै भो संस्कार भित्र सम्भव
पत्नी हेर्नोस्न मेरै छे अरु यस्ता असम्भव !
पुत्र हेर्नोस् अमेरीका पुत्री विदेश गौरव
विकासका सिँढी अग्ला कहाँ हुन्थे र कौरव ??

आय सोझो हुँदैहुन्न जिउँदै ढिकुरा चढेँ
भ्रष्टका भीड राखेर बारुला म उता बढेँ !
दोष केही भए तिम्रै बाबुआमा भयौ तिमी
तिम्रै हियारको सच्चा म टेकी हिँड्दछु जिमी !!

रुघा लागे म अग्ला यी यानविदेश चढ्दछु
सिकायौ म सिकी तिम्रै स्वप्नका सिँढी बढ्दछु !
मानवीय पिँढी बन्ने खै सिकायौ कला कतै
जम्मै यी शकुनि पाशा तिम्रै हान्छु जताततै !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x