साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनको लङ्का

भाइ टीकाको मेलोमा सुनको बजार चम्केको नुन नपाउने देशमा कत्रो सुनको खेल हो ?

Nepal Telecom ad

भानुभक्तले लेखेको
लङ्का कस्तो हुँदो हो ?
‘गल्ली जो छन् सुनैका’
कति मनोरम भव्य हुँदो हो ?

आज टाट पल्टेको लङ्का
अपत्यारिलो किंवदन्ती हो
या राज्य भिकमङ्गाको,
व्यक्ति सुनले मोटाएको हो ?

काठमाडौँको सुनको बजार
लङ्काको राम्रै झल्को दिन्छ
अरबौँको सुनको व्यापार !
अचम्म लाग्दो देखिन्छ ।

विशाल सुनका बजार छन्
मान्छेको धक्कम धक्का
विपन्नताको यो टापूमा
सपन्नताको कस्तो खेल छ ?

भाइ टीकाको मेलोमा
सुनको बजार चम्केको
नुन नपाउने देशमा
कत्रो सुनको खेल हो ?

०००
कार्तिक ५, २०७९
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x