साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्तलाको प्रेम कहानी

भर नपर बटुवाको विश्वास कोही नगर । गफी ढँटुवा देखे फिर्ता बोलाऊ जाली बटुवा । औंठी चिनु छ सन्तान सहित नै फिर्ता दिनु छ ।

Nepal Telecom ad

(सुसेली लयमा)

थिएँ बलेकी
लटरम्म फलेकी
प्यासी जलेकी ।

आयो बटुवा
देख्यो फले फुलेकी
बैँस झुलेकी ।

आयो सुटुक्कै
मीठो बोल्यो लाजले
भएँ भुतुक्कै ।

गर्‍यो चटारो
दन्तद्वारी मोहनी
हान्यो झटारो ।

माया जगायो
कटमिरो सुन्तला
बोटै समायो ।

दियो वचन
तिम्रै लागि साँचेको
चोखो जीवन ।

राम्रै लेखियो
देखेँ मीठो सपना
माली भेटियो ।

मन्द मुस्काएँ
थाहै नभै रुखको
काँडा खुस्काएँ ।

पार्‍यो जालैमा
मेरो मन उडायो
ख्याल ख्यालैमा ।

माया जमायो
टिप्यो खायो सुन्तला
मस्त रमायो ।

बाङ्गो बनायो
फल खायो चुसेर
नाङ्गो बनायो ।

मजा आएको
पुरै याम पछाडि
माया पाएको ।

माया गरेको
बोझ थोरै रुखको
हल्का झरेको ।

थोरै सघायो
ज्यानै खायो अघायो
गाडी मगायो ।

भाका राखेर
गयो पापी बटुवा
विदा मागेर ।

उस्तै खान्दान
अर्को वर्ष जन्मिए
धेरै सन्तान ।

मैले पर्खेको
वर्षौं वर्ष भैसक्यो
छैन फर्केको ।

मन मोडेर
गयो माया छोडेर
नाता तोडेर ।

कस्तो बटुवा
पार्‍यो माया जालैमा
रैछ फटाहा ।

भर नपर
बटुवाको विश्वास
कोही नगर ।

गफी ढँटुवा
देखे फिर्ता बोलाऊ
जाली बटुवा ।

औंठी चिनु छ
सन्तान सहित नै
फिर्ता दिनु छ ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x