साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगवानको नियुक्ति

कहीँ कतै कहिल्यै कुनै उजुरबाजुर नलाग्ने हुँदा कल्पनातीत वा अकल्पनीय सबै अधिकार प्रयोग गरी सबै लोकलाई मातहतमा राखी कामकाज गर्नुहोला ।

Nepal Telecom ad

एक दिन मलाई सनक चढ्यो । मैले भनिदिएँ- भगवानको नियुक्ति मैले गरेको छु ।

भगवानलाई कसले सर्वशक्तिमान बनायो ? कसले नियुक्ति दियो भगवानलाई ? – एक नास्तिकले आफ्नो मनको ब्याडमा उम्रेका प्रश्नहरूको बेर्ना उखेलेका थिए । त्यसैको प्रतिकारमा उत्तर रोप्दै मैले भनेको थिएँ ।

गफको चिर्कटो जति चिर्दा पनि हुन्छ । बन्चरो हान्नु पर्दैन, पसिना चुहिँदैन । नास्तिकले एउटा चिर्पटे प्रश्नले हान्यो मेरो खप्परमाथि- तैले कुन प्रक्रियामा कसरी नियुक्ति गरेको छस् ?

खप्पर गिद्दी हुन्छ र गिद्दीमा बुद्धि । सुद्धि पुर्‍याएर वाट्स अपमा थप गफ पठाएँ । नास्तिकले वाचन गर्‍यो-
“श्री भगवान,
सर्वलोक ।

विषय : नियुक्ति ।

सबै लोकसेवा प्रक्रिया सम्पन्न गर्ने गरी अनन्त कालसम्म स्वैच्छिक सर्वाधिकार प्रयोग गर्ने, कसैले कहिल्यै कुनै प्रश्न नै उठाउन नपाउने, परम लोकतान्त्रिक निरङ्कुशाधिपतिमा अति विशिष्टाधिकार प्रयोग गरी तपाईंलाई यो नियुक्ति दिएको छु । जसरी जहाँ जहिले जुन जस्तो अधिकार प्रयोग गरी दन्ड, पुरस्कार दिन सक्नुहुनेछ । कहीँ कतै कहिल्यै कुनै उजुरबाजुर नलाग्ने हुँदा कल्पनातीत वा अकल्पनीय सबै अधिकार प्रयोग गरी सबै लोकलाई मातहतमा राखी कामकाज गर्नुहोला । लोकसेवामा लाग्नुभएकोमा बधाई ।
लेखक ।”

नास्तिक पढ्दापढ्दै ट्वाँ । भगवानको नियुक्ति पढेर उसले बुझ्यो- भगवानमाथि प्रश्न गर्ने कस्तो मूर्ख रहेछु ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x