साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोही छ ?

विना र्‍याल जिब्रो कहाँ नाँच्न सक्छ ? सिँगानैविना नाक के बाँच्न सक्छ ? म र्‍याले सिँगाने भनून् भन्नलाई म छाड्ने छिटै छैन यो शक्तिलाई !!

Nepal Telecom ad

बुढो भैसकेँ फेरि बच्चा भएर
गरूँ के गरूँ भो हिजो बिर्सिएर
लिई हातमा नोटका आज थैला
समातूँ ? अँगालूँ ? कतै हुन्न हल्ला ??

बढ्यो देशमा शक्तिको होडबाजी
गरेका गर्‍यै छन् सबै भाइ-दाजी
मलाई नछोड् भन्दछन् ज्योतिषीले
कहाँ छोड्छु सित्तै म आफ्नै खुसीले !!

म आए नराम्रो हुने नै छ के र ?
नआएर राम्रो भएको छ के र ?
चलेकै छ जो देशको मालगाडी
सही लक्ष्य गन्तव्यको मार्ग छाडी !!

युवा काँधमा चढ्न खोज्छन् तुरुन्तै
बुढा बोक्न सक्ने कहाँ छन् दुरुस्तै
सबैमाथि भारी भएको म नै हुँ
र सत्ता शिकारी भएको म नै हुँ !!

पुगेँ चार कोरी बुढो के भएँ म ?
बनेँ झन् अघोरी कतै खै गएँ म ?
सकेको गरून् गर्न सक्ने सबैले
हटाऊन् सकेमा मलाई कसैले !!

विना र्‍याल जिब्रो कहाँ नाँच्न सक्छ ?
सिँगानैविना नाक के बाँच्न सक्छ ?
म र्‍याले सिँगाने भनून् भन्नलाई
म छाड्ने छिटै छैन यो शक्तिलाई !!

०००
मेचीनगर, झापा
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x