साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

काटाकाट गरून् मरून् अररियून् मिल्छन् पुनः शक्तिले , तेस्रो शक्ति छ भन्दछन् दल सबै लाग्छन् उतै भक्तिले, कोही शत्रु हुँदैन बल्ल बुझियो यो शक्तिको खेलमा, नौला नाटकझैँ नयाँ पल सधैँ देखिन्छ नेपालमा !!

Nepal Telecom ad

टाईमा सुटमा र चट्ट बुटमा देखेर दैनन्दिन
लाग्यो है सुरुवाल कोटसँगमा दौरा लगाए किन
जिज्ञासा क्षणमा समापन भयो देखेँ जसै हर्षमा
कुर्सीमाथि विराजमान बनिँदा दाहाल उत्कर्षमा !!

मिल्ने काम हुँदै हुँदैन अब ता भन्थे हिजोसम्म जो
के गर्दा यति शीघ्र साम्य झगडा आफै भयो मेल यो ?
आफै शत्रु बने हिजो अब तिनै साथी बने चित्तका
पाएछन् जब ओखती नजिकिने श्रीविष्णुले वित्तका !!

बर्सिन्थे रवि हेर हर्दम यहाँ गर्दै बडो फुर्फुर
घोच्ने काम सधैँ गरेर अगुवा पार्थे उनै थुर्थुर
लागेथे जब राजनीति पथमा बढ्दै अगाडि स्वयम्
छिट्टै हुन्छ अवश्य भोलि यिनको इच्छा सबै जो स्खलन् !!

भन्थे देश मधेस भिन्न गरियोस् हामी अलग्गै हुने
हाम्रै जाँगरसाथ पौरख गरी बन्छौँ स्वयं उद्यमी
सी के राउतको हिजो जति थियो सन्त्रास सञ्जालमा
एकैपल्ट समाप्त शून्यसरि पो देख्दैछु नेपालमा !!

काटाकाट गरून् मरून् अररियून् मिल्छन् पुनः शक्तिले
तेस्रो शक्ति छ भन्दछन् दल सबै लाग्छन् उतै भक्तिले
कोही शत्रु हुँदैन बल्ल बुझियो यो शक्तिको खेलमा
नौला नाटकझैँ नयाँ पल सधैँ देखिन्छ नेपालमा !!

०००
मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x