साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद

शहीद गहना मनका निडर वीर चढे फाँसी लुटेराले प्रसस्त लुटेका छन् घुँडा धसी । गणतन्त्र भनियो जो अपमान हो शहीदको भाँडतन्त्र शहरिया भएन खै कहिले निको ।

Nepal Telecom ad

देश निम्ति सशरीर अर्पण गर्छन् त शहीद
परिवर्तन छ ल्याउन रहेन यो कुनै विवाद ।१

राणाको देशमा तानाशाही कुशासन
हटाउन लागेका वीर जो योग्य नडरिकन ।२

विरोधी जो भनेका मानिस ती बलिदानमा
रात्री हटि उज्यालो हुने गर्दछ बिहानमा ।३

कायर र हत्यारा मार्ने गर्छन् मनुष्य त
बलिदान दिन नसके शार हुन्छ के असम्मत ।४

लुटेर खानमा खल लागिपर्छन् त कुशासन
जनको हितमा लाग स्वच्छ हुन्छ यो प्रशासन ।५

परोपकार जनको कर्तव्य गर्दै समयको
सबैमा सुख र शान्ति कल्याण हुन्छ विजयको ।६

शहीद गहना मनका निडर वीर चढे फाँसी
लुटेराले प्रसस्त लुटेका छन् घुँडा धसी ।७

गणतन्त्र भनियो जो अपमान हो शहीदको
भाँडतन्त्र शहरिया भएन खै कहिले निको । ८

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x