साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तमासा

उनीहरू सहयोग गर्नु होइन आफ्नो मोबाइल निकालेर भिडियो गर्नमा व्यस्त हुन्छन् । अनि बाटामा हिँड़्नेहरू सहयोग गर्न होइन तमासा हेरेर रमाइलो मान्छन् । हामी तमासामै ज्यान गुमाइरहेका छौं ।

Nepal Telecom ad

हाम्रो गाउँमा गुरागाइँ मामाले दुइवटा भाले जुझाउँथे । पल्टनबाट रिटायर्ड भएर आएपछि गाउँका केटाकेटीलाई बक्सिङ सिकाउँथे । तर हाम्रो गाउँबाट एकजना बक्सर ननिस्के पनि केटाकेटी धेरैको नाकको डाँड़ी खँजा भयो । गुरागाइँ मामाले कहिलेकाहीँ जादू देखाउँथे । कहिले दुइवटा भाले जुझाउँदा हामी केटाकेटी भाले जुझेको हेर्न पुग्थ्यौं । मामाको जादू, बक्सिङभन्दा पनि भाले जुझेको तमासा हेर्न नै गाउँका मानिसहरू धुरिन्थे । पछि पछि त अन्य गाउँका मानिसहरू पनि भाले जुझेको हेर्न आउँथे । भाले जुझ्दा हामीलाई मज्जा लाग्थ्यो ।

पछि पछि गुरागाइँ मामाले अन्य गाउँका भालेसित आफ्नो रातो भाले जुझाउऩ थाले । मामाको रातो भाले कहिले अरु भालेसित लड़ाइँ हारेर भागेन । भाले जुझाइ पोपुलर भएपछि मामाले एउटा नयाँ कुरा घोषणा गरे, जसको भालेले जित्छ उसले हजार रुपियाँ पाउऩे । यसलाई एक प्रकारको जुवा नै भन्दा हुन्छ । भाले जुझाउन थुप्रै आएकाले मामाले भाले जुझाइको एउटा टुर्नामेण्ट नै शुरु गरे । वाह… झण्डै पन्ध्र-बीस गाउँले भाले जुझाइ टुर्नामेण्टमा भाग लिन्थे । फाइनलको दिन हाम्रो गाउँ र भट्टराई गाउँमाझ भाले जुझाइ भयो । दुवै भाले एक से एक । कुनै भालेले हार्ने नामै लिएको छैन । रात परिसक्यो । अन्धेरो भएपछि भाले जुझाइ ड्र मै सकियो । पैसा बाँडि़यो । झमक्क साँझ परिसकेको थियो । घरभित्र पस्ने बितिकै पापाले छाताको बिँड़ ममाथि बर्साउँदै कराउने थाले- यति रातविरातमा घर पस्ने हो छोरी चेली भएर ? तमासा हेरेर आइस् होइन ? कसले भन्यो रात परिञ्जेल तमासा हेर्नु भनेर ?

मन बहलाउने दृश्य, रमाइलो घटना हेर्नुलाई तमासा भनिन्छ । जादूवालाले जादू देखाउँदा हामी केटाकेटीहरू जादू हेथ्र्यौ । जादू हेर्नु एक किसमको मज्जा लाग्ने, आनन्द आउने । समयको परिवर्तन साथै हिजोआज शहरतिर वा गाउँघरतिर जादू देखाइँदैन न कि भाले जुझाइ नै । तमासा हेर्ने कुनै कुरो छैन ।

तर यो तमासा हेर्ने हिजोआज अर्कै भएको छ । अस्तिको हप्ता मलसाप्री दिदीको घरमा आगो लाग्यो । हामी केटाकेटी छँदा कतै आगो लाग्यो कि गाउँ घरकाहरू कसैले बाल्टीको पानी, कसैले बाल्टीमा माटो, बलुवा लिएर गई आगोमा फ्याँक्थे । आगो त्यति मात्रामा नभए पनि अलि अलि नियन्त्रणमा आउँथ्यो । एकक्षण पछि फायर ब्रिगेड आएर पछि आगलागी पूणर् नियन्त्रणमा ल्याउँथ्यो ।

हिजोआज गाउँघरमा आगो लागे बाल्टीमा पानी र माटो होइन हातमा मोबाइल बोकी आगो लागेको फोटो भिडियो गर्नमै व्यस्त देखिन्छ । आगो लागेको हेर्न उभिएकाहरूले आगो लागेको तमासा हेर्छन् । यस्ताहरूलाई तमासे नै भन्नुपर्ला ।

बाटामा वाहन दुर्घटना हुँदा दुर्धटनामा पर्नेहरूलाई सहयोग गर्नु छोड़ी सबै आफ्नो मोबाइलमा भिडियो गर्नमै मस्त देखिन्छ । अबको समयमा घाइतेलाई सहयोग गर्न होइन मोबाइलमै भिडियो गरी अपलोड गरी लाइक र कमेण्टको आशामा तड़पिरहेका हुन्छन् ।

गोर्खाल्याण्ड आन्दोलनमा जुलुस लानेहरूमाथि पुलिसले फायर गर्‍यो । एकजना सानु भाइलाई गोली लाग्यो । ती भाइ गोली लागेर छटपटिनुसम्म छटपटाए । उनलाई त्यहाँ उभिने कसैले पनि समातेर अस्पताल पुर्‍याएका भए सायद उनी फर्किन्थे । तर सबै माथि बिल्डिङमाथि चढ़ेर भाइ छटपटिएको भिडियो गर्ने हुँदा भाइ फर्किनै सकेनन् ।

भर्खरै मात्र काठमाडौंमा एकजनाले दिउँसै भीड़मा आत्मदाह गरे । जिउभरि दन्दनी आगो लागेर छटपटिएको दृश्य नेपालका विभिन्न टिभीले लाइभ प्रसारण गऱे । त्यसबाहेक पनि आफ्नो मोबाइल भिडियो गर्नेहरू कम्ति थिएनन् । तर आत्मदाह गर्ने बितिकै कसैले पनि तिनलाई कम्बलले छोपिदिएका भए सायद उनको अवस्था गम्भीर हुने थिएन कि ! तर कसले कसको वास्ता गर्ने । अचेल मानिसको जीवन यहाँ तमासा भएको छ । मानवता मरिसकेको छ । यहाँ सबै तमासा हेर्ने तमासे भइसकेका छन् । हामी तमासामै ज्यान गुमाइरहेका छौं ।

अस्तिको हप्ता खोलामा एकजना डुब्यो । उनले हेल्प हेल्प कति भने । पहिले हाम्रो गाउँको खोलामा गुड्डु भाइ यसरी डुब्दा हाम्रा गाउँका काका, मामा, दादाहरूले डोरी फ्याँकेर, टायर फ्याँकेर उनको ज्यान बचाए । तर अस्तिको हप्ता भने खोलामा डोरी फ्याँक्ने, टायर फ्याँकेर उनलाई बचाउने कसैले कोशिस गरेनन् । किनभने उनीहरूको हातहातमा मोबाइल थियो… सबै गुड्डु भाइलाई पानीले बगाएको भिडियो गर्न मस्त देखिए भने अरुहरू चाहिँ मान्छे डुबेको तमासा हेरेर ल्या…ल्या,.. बिचारा भन्नेहरू भन्दा पनि ठिकै छ त्यसलाई यस्तो बर्खाको समयमा नदीमा जानु कसले भन्यो ? भन्नेहरू पनि देखिए यी तमासेहरूको मुखबाट ।

अब यो जीवन नै एउटा तमासा भएको छ । बाटामा कुनै दुर्घटना भए बाटामा हिँड़्नेहरूबाट कुनै पनि सहयोगको अपेक्षा नगरे भो । किनभने उनीहरू सहयोग गर्नु होइन आफ्नो मोबाइल निकालेर भिडियो गर्नमा व्यस्त हुन्छन् । अनि बाटामा हिँड़्नेहरू सहयोग गर्न होइन तमासा हेरेर रमाइलो मान्छन् ।

अब हामी कसैलाई पनि साह्रो गाह्रो पर्दा तमासे नबनौं…. बाटाघाटा वा गाउँघरतिर कसैलाई पनि अपठेरो परे उनको उद्धार कार्यमा लागौं । कारण जीव सेवा नै शिव सेवा हो ।
तमासेहरूलाई सदबुद्धि दिउन् ।

०००
सिलगढ़ी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x