साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो पाठ सिकाउनोस् कि माड्साप…

‘मालामाल’, ‘भकाभक’ र ‘दनादन’ कस्ता शब्द हुन् ‘रातारात’ र ‘ब्रह्मलुट’ के यी पनि त्यस्तै हुन् ? ‘हात मल्नु’, ‘दाँत देखाउनु’ र ‘कपाल कन्याउनु’ के भन्या हो ?

Nepal Telecom ad

बुझ्छौं तर काम लाग्दैनन्
सिद्धान्त र आदर्शका कुरा
छोडिदिनोस् तिथिमिति
इतिहास भएका कुरा
ज्ञान, गुणको भर्सेलै परोस्
नीतिनियम खाल्डैमा जाओस्
यस्तो पाठ पढाउनोस् कि माड्साप
जुन यो मुलुकमा काम लागोस् ।

भो नसिकाउनोस् काम नलाग्ने कुरा
जागिर खाँदा टिप्पणीमा चाहिन्न
व्यापार गर्दा भन्सारमा देखाइन्न
के गर्नु खै जानेर पनि पूर्वपश्चिमका कुरा
बरु सिकाउनोस् त्यो छाल गन्ने कुरा
हाकिम बन्ने कुरा कि ठेकेदारसित भन्ने कुरा ।

बङ्गला कसरी बन्छ ? मोटर कसरी किनिन्छ ?
कसलाई तेल मालिस गर्ने, त्यो कसरी चिनिन्छ ?
कुर्सी कसरी प्राप्त हुन्छ, कुनचाहिँ आसन फाप्छ ?
‘फलिफाप’ भनेको के हो ? त्यो कसरी आइलाग्छ ?
टिभी र डेक कोठामा के के गरेमा ल्याइन्छ ?
के हो त्यो ‘दुई नम्बरी’ कुन बजारमा पाइन्छ ?

नगरौ क्यारे शब्दलाई प्रयोग पनि वाक्यमा
बरु सिकाउनोस् कसरी ‘शब्द’ बदलिन्छ भाग्यमा ?
चा.चु.चा. लेखेर भनिदिनोस् खाली ठाउँ भर
‘मालामाल’, ‘भकाभक’ र ‘दनादन’ कस्ता शब्द हुन्
‘रातारात’ र ‘ब्रह्मलुट’ के यी पनि त्यस्तै हुन् ?
‘हात मल्नु’, ‘दाँत देखाउनु’ र ‘कपाल कन्याउनु’ के भन्या हो
वाक्यमा होइन यिनलाई त व्यवहारमा प्रयोग गर भन्नोस् न ।

०००
‘एक दनक’ (२०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x