साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खतिवडाको पद्यनियात्रा ‘चारखोलाको आँगनीमा’ विमोचित

भवानी खतिवडाद्वारा लिखित तथा कोकगोष्ठीद्वारा प्रकाशित पद्य नियात्रा ‘चारखोलाको आँगनीमा’ विमोचन गरिएको छ । नेपाल साँस्कृतिक संघ डिल्लीबजारले आयोजना गरेको कार्यक्रममा कृति विमोचन भएको हो ।

Nepal Telecom ad

काठमाडौं, ०७९ फागुन ३० । भवानी खतिवडाद्वारा लिखित तथा कोकगोष्ठीद्वारा प्रकाशित पद्य नियात्रा ‘चारखोलाको आँगनीमा’ विमोचन गरिएको छ । नेपाल साँस्कृतिक संघ डिल्लीबजारले आयोजना गरेको कार्यक्रममा कृति विमोचन भएको हो ।

नेपाल साँस्कृतिक संघका अध्यक्ष शङ्करराज पन्तको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख आमन्त्रित डा. माधवप्रसाद पोख्रेल, विशिष्ट आमन्त्रितहरूमा छन्द सारथी रमेश खकुरेल, महाकाव्यकार भुवनहरि सिग्देल, नेपाल नियात्रा संघका अध्यक्ष प्रतीक ढकाल, विशिष्ट कविहरू प्रभा भट्टराई, महेश पौडेल, लोचन भट्टराई, भरत पौडेल, बुलु मुकारुङ् हुनुहुन्थ्यो ।

दीप प्रज्वलनबाट कार्यक्रमको समुद्घाटन भएपछि सामुहिक रूपमा पुस्तक विमोचन गरियो । सर्वप्रथम लोचन भट्टराईबाट विमोचित पुस्तकभित्रबाट एक अंश सुमधुर वाचन भएको थियो । यसरी विमोचित कृतिभित्रबाट केही केही अंशको सुमधुर र आकर्षक लयमा वाचन गर्ने अन्य कविहरूमा दिनेश पाण्डे, सविता बराल, खोलाघरे साहिंलो, नारायण पोख्रेल, रञ्जु दाहाल, विपिन पाठक हुनुहुन्थ्यो ।

समीक्षात्मक मन्तव्य दिनेमा महेश पौडेल, प्रतीक ढकाल र भुवनहरि सिग्देल हुनुहुन्थ्यो । प्रभा भट्टराईले शुभकामना व्यक्त गर्नुभयो ।

रमेश खकुरेलले शुभकामना मन्तव्य दिएपछि प्रतीक ढकालको मन्तव्य निकै रोचक, मनोरञ्जक र अनुभवजन्य थियो भने प्रमुख आमन्त्रित माधवप्रसाद पोखरेलको मन्तव्य पनि सारगर्भित र हास्यमिश्रित थियो ।

कृतिकार भवानी खतिवडाको आफ्नो मन्तव्यमा यो कृतिको रचनागर्भको रोचक, साहसिक विवरण समेत प्रस्तुत गर्नुभयो । छोटो धन्यवाद मन्तव्यका साथ सभानायक शङ्करराज पन्तले सभा समापन गर्नुभएको कार्यक्रम सञ्चालन विपिन पाठकले गर्नुभएको थियो ।

शुक्र भट्टराई, रामचन्द्र घिमिरे, खोलाघरे साहिंलो, गीता रेग्मी, जय छाङ्छा, उत्तम भेटवाल, रेजिना आपगाई, डिल्लीरमण सुवेदी (भिडियो ग्राफर), एकेएन गोगने, रूपक अलङ्कार लगायत दर्जनौँ स्रष्टाको उपस्थिति थियो ।

इलाममा २०७६ साल मंसिरमा गरिएको कोकगोष्ठीको काव्यिक भ्रमण नै उपजीव्य आधार रहेको यो पद्य नियात्रामा इलामको परिदृश्यबाट प्रभावित भवानी खतिवडाको कवि र कवित्व जीवन्त भएर प्रस्तुत भएको छ ।

०००
– खोलाघरे साहिँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x