साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्पहरू !!

भन्नै नसकिने गतिमा कान नसुन्ने सर्पहरू आँखा नहेर्ने दासहरू एक तमास फाँचो रित्तिएको एउटै गाईका थुन चुसिरहेछन् के थाहा ? दुध पिएर विष ओकल्ने सर्पहरू हिमाल उक्लन्छन् या जमुना ओर्लन्छन् ??

Nepal Telecom ad

अग्राखका दाउरा
शान्त अँगेनो
हर्हर्ती बलेको आगो
कुँडेभरि उम्लिएको दूध
केवा उचालेर
एक जमात दासहरू
चलाएर निरन्तर
दुध पोखिनबाट रोक्थे
तातो फिँज उम्लेको
कुँडे देखेर
भोका सर्पहरू
प्वाल
प्वालबाट निस्के
जङ्गल
जङ्गलबाट निस्के
कान्ला
कान्लाबाट निस्के
जिब्रा लप्लपाएर
ससानै भए पनि
फँणा फिँजाएर
पुच्छर हल्लाउँदै
जमातका जमात
सर्पका असङ्ख्य जुलुस
फरक जात मानेनन्
फरक जिब्रा ठानेनन्
-भिन्न रङ्
-भिन्न आकार
-भिन्न स्वभाव
-भिन्न संस्कार
जिब्रामा जिब्रा जोडेर
लप्लपाउँदै एकतमास
कुँडेको दुुध
र केवा चलाउने
गोमनदास विरुद्ध
दिग्विजय बोले सर्पहरूले
आफैँ दास
आफैँ गोमन बनेका
भोका सर्पहरू
दुध दिने
कैली गाई त
उहीँ हो
एउटै हो
अघाए टम्म
जुलुसका सर्पहरू
विचरा
ससाना मसिना बचेरा सर्प
प्वाल
प्वालमै आवाज दिइरहेछन्
भोका पेटको
ताता वासको
तर सर्पहरू
यसै पनि
कान सुन्दैनन
अझ अघाएपछि
मस्ताराम बनेका
माउ सर्पहरू
दूध निख्रे पनि
नदेख्ने आँखा चिम्लेर
कैली गाईका
थुन चुस्दै छन्
सायद
यिनीहरू स्वाद लेलान्
डङ्ग्रङ्ग गाई लडेपछि
यिनकै शरीरमाथि
यिनलाई
सञ्जीवनी भर्न
या यिनका लास पन्छाउन
खै ?
उत्तराखण्डको डोजर
हिमाल ओर्लने हो कि ?
या दक्षिणाखण्डको
जमुना फर्केर
खै ?
एकाएक
हिमाल उक्लने हो कि ?
भन्नै नसकिने गतिमा
कान नसुन्ने सर्पहरू
आँखा नहेर्ने दासहरू
एक तमास
फाँचो रित्तिएको
एउटै
गाईका थुन चुसिरहेछन्
के थाहा ?
दुध पिएर
विष ओकल्ने सर्पहरू
हिमाल उक्लन्छन्
या जमुना ओर्लन्छन् ??

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x