साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धले खोज्छ सोही

यस्तो यो वृद्ध बेला सकल मनुजले भोग्नुपर्ने छ हेर सेवा सद्भाव बाँडौँ सब नर जनले मित्र साथी बनेर खोल्छन् इच्छा र आसा कतिपय जनले खोल्नसक्दैन कोही खोज्छन् बच्चा युवाले जुन सुखसुविधा वृद्धले खोज्छ सोही ॥

Nepal Telecom ad

मान्छे हो शक्तिशाली अवनिबिच रही कर्ममा जुट्नसक्ने
आफ्ना सर्वाङ्गबाटै हरपल सुखको स्वर्ग त्यो लुट्नसक्ने
जस्ता हुन् वृद्ध वृद्धा मनबिच रस औ रङ्गले बस्छ छोई
खोज्छन् बच्चा युवाले जुन सुखसुविधा वृद्धले खोज्छ सोही ॥१

चाहन्छन् खेल्न डुल्नै प्रियजनसित हो भावना भव्य गाँसी
बाँड्छन् आफ्ना सुनौला अनुभव अघिका प्रेमकासाथ हाँसी
जाँदैनन् वेदनाका बह बिनु ममता आँसुले मात्र धोई
खोज्छन् बच्चा युवाले जुन सुखसुविधा वृद्धले खोज्छ सोही ॥२

हेला गर्छन् र भुल्छन् कति शठ जनले वृद्ध बाबा मुमामा
वैरिन्छन् बिघ्नबाधा जिउन पनि हरे हुन्छ अत्यन्त धामा
भोका माया दयाका अनि धन नहुँदा बस्दछन् धेर रोई
खोज्छन् बच्चा युवाले जुन सुखसुविधा वृद्धले खोज्छ सोही ॥३

भुल्ने छोरा र छोरी पनि अधम बने त्याग माता पिताको
बेवास्ता गर्नथाली हृदय बिच अहो! झोस्दछन् अग्नि राँको
एक्लो कोही नहोउन् सकभर सब नै साथ हुन् पोइ जोई
खोज्छन् बच्चा युवाले जुन सुखसुविधा वृद्धले खोज्छ सोही ॥४

यस्तो यो वृद्ध बेला सकल मनुजले भोग्नुपर्ने छ हेर
सेवा सद्भाव बाँडौँ सब नर जनले मित्र साथी बनेर
खोल्छन् इच्छा र आसा कतिपय जनले खोल्नसक्दैन कोही
खोज्छन् बच्चा युवाले जुन सुखसुविधा वृद्धले खोज्छ सोही ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x