साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता छ नेपालको

आशिर्वाद छ माथि माथि गुरुको देशी विदेशी सब, पार्दा बन्धक छुट मिल्दछ सधैँ यो राष्ट्रको गौरव, घाती केस सबै बिलाउँछ यहाँ छोपी सदा काल जो, जङ्गी कानुनदेखि माथि अहिले नेता छ नेपालको ।

Nepal Telecom ad

थोत्रा चप्पलमा सुटुक्क पहिले यो राजधानी पसे
नाना जाल र झेल साथ लफडा ताना चलाई बसे
भेट्टाए पद राजनीति तिरको बुन्दा महाजाल जो
जङ्गी कानुनदेखि माथि अहिले नेता छ नेपालको ॥१

निल्छन् शङ्करले हलाहल सरी उत्कोच कालो पनि
गर्छन् आपसमा ठुलो कलह रे मिल्छन् छिनैमा अनि
पार्छन् वैभव झन् सिकार यिनले माछो सरी जालको
जङ्गी कानुनदेखि माथि अहिले नेता छ नेपालको ॥२

भारी शान कुबेरको छ सबको जोडेर जेथा धन
हत्याए जसले ठुला पद गरे भण्डारको उल्झन
पेवातुल्य भँडार नै हुनगयो खाँचो छ के मालको
जङ्गी कानुनदेखि माथि अहिले नेता छ नेपालको ॥३

चिल्ला कार करोडमाथि सुविधा छन् वायुपङ्खी अनि
इच्छा माफिक डुल्छ यो मुलुकको मेची र काली पनि
सामन्ती सुविधा छ उच्च जसको सम्राटको चालको
जङ्गी कानुनदेखि माथि अहिले नेता छ नेपालको ॥४

आशिर्वाद छ माथि माथि गुरुको देशी विदेशी सब
पार्दा बन्धक छुट मिल्दछ सधैँ यो राष्ट्रको गौरव
घाती केस सबै बिलाउँछ यहाँ छोपी सदा काल जो
जङ्गी कानुनदेखि माथि अहिले नेता छ नेपालको ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x