डा. शरद परासर मरहट्टामाग्नेहरू एकै ठाउँमा बसे
आश गर्दै-गाली गर्दै ! हात थाप्दै- स्वाङ पार्दै नाङ्गो हुँदै- इज्जत सम्झदै, गर्न नसक्दै- अरुलाई सराप्दै वर्षौ माग्दै- नमागेझै गर्दै, नेता हुँदै- तलकालाई गाली गर्दै...

लेखनाथ गुरागाईंं :
वर्षौंदेखि माग्दै आएको धर्म र कर्ममा गर्व गरे
कस्ले कुन बेला कति ल्यायो, त्यसको बखान गरे
सदा झै उनीहरूले धेरै दान पाउने आश गरे
लाख र करोड होइन, अरब र खरब सम्झिए
माग्नेहरूले सगठन बनाए, प्रतिनिधि छाने
आफ्नो प्रतिनिधिलाई माग्न पठाए
माग्नेलाई के चाहिएको छ, कति चाहिएको छ
के माग्ने, कसरी माग्ने, उठेर माग्ने कि सुतेर !
हात जोडेर माग्ने कि, लम्पसार परेर !
माग्नेको तयारी पूरा भएपछि ऊ गयो ।
( १)
ऊ कसरी गयो ! उसको माग्ने छाँट्काट मिल्यो मिलेन !
दाताले माग्नेको इज्जत राख्यो राखेन !
के दिन्छ ! कतै इज्जत (?)पो खुस्कने हो कि
एकपछि अर्को सबैलाई चासो भयो !
आखिर दाताले माग्नेको माग सुनेर होइन
दाता जे चाहन्थ्यो त्यही, दियो !
नाङ्गो पारेर, निकै झुकाएर, हात थाप्न सिकाएर
जे दियो, त्यो लिएर माग्ने आयो !
(२)
आएपछि नानाथरी टिप्पणी भएका भयै छ्न !
“के त्यसले हामीलाई भिखारी सम्झिएको ?” -एउटाले भन्यो
“त्यस्तो जाबो बस्तु लिएर आउने ?” अर्काले थप्यो
“हेर ! उसको मात्र होइन हाम्रोसमेत इज्जत फालेको”
“जे भए पनि यो हामीलाई हेपेकै हो” – कुरा सुनिदैछ
गुन्द्रुकमा जात फालेर आयो ! इज्जत राख्न नसकेर आयो !
माग्नेहरू सक्दोसक्दो खूब आदर्शका किस्सा जोडिरहेका छ्न् ।
(३)
आश गर्दै-गाली गर्दै ! हात थाप्दै- स्वाङ पार्दै
नाङ्गो हुँदै- इज्जत सम्झदै, गर्न नसक्दै- अरुलाई सराप्दै
वर्षौ माग्दै- नमागेझै गर्दै, नेता हुँदै- तलकालाई गाली गर्दै
धन थुपार्दै- नाङ्गो देखाउदै ! यस्तो नाटक नगरे हुने !!!!
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































