साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालामाल

“हो रहेछ श्याम, आज तिमीले गर्दा म करोडौं धन कमाएँ । धन्य राजनीति र मन्त्री पद । तर....।” “के तर, स्पष्ट भन न राम ।” गम्भीर हुँदै रामले जवाफ दिए । के यो धन सजिलै पचाउन सकिएला त श्याम ?”

Nepal Telecom ad

सुनिता निरौला पौडेल :

“नेपाल बसेर के गर्नु ? पढाइ भएर पनि राम्रो काम पाइन्न । म त जान्छु होला विदेशतिर ।” दिक्क मान्दै साथीलाई भन्यो उसले ।

“आ…, के कुरा गर्छौ साथी, यहीँ नेपालमा बसेर राजनीति गर न । कस्तो मालामाल छ राजनीतिमा ! तिमी किन विदेश जाने सोचाइमा छौ ?” उसले चकित पार्दै साथीलाई भन्यो । तर उसले भने विदेश जाने निणर्य गर्‍यो ।

अलिक दिनपछि राम विदेश गयो । यता श्याम भने राजनीतितिर लाग्यो । हेर्दाहेर्दै मन्त्री पनि भयो, अकुत पैसा कमायो उसले । केही महिनापछि फोनबाट उनीहरूको कुराकानी भयो ।

“अरे राम, नेपाल आउन यार ! म तिमीलाई मन्त्री बनाइदिन्छु, मालामाल छ राजनीति गर्न जान्यो भने ।”

“ओहो ! हो र भन्या ? त्यसो भए त म तुरुन्तै नेपालमै आउँछु । यहाँ घडीको सुईको भरमा काम गर्नुपर्छ । त्यहाँ बरु गफ लडाएरै पनि पैसा कमाइन्छ भने आइहालेँ म नेपाल ।”

दुबैजना साथी राजनीतिमा पसेर मन्त्री भएपछि उनीहरूलाई चिठ्ठा परे जस्तो भयो । आफ्नो-आफ्नो काममा व्यस्त भए उनीहरू ।

एकदिन उनीहरूको भेटघाट भयो ।

“हो रहेछ श्याम, आज तिमीले गर्दा म करोडौं धन कमाएँ । धन्य राजनीति र मन्त्री पद । तर….।”
“के तर, स्पष्ट भन न राम ।”
गम्भीर हुँदै रामले जवाफ दिए । के यो धन सजिलै पचाउन सकिएला त श्याम ?”

०००
२०८० । ०२ । १४ गते
भक्तपुर- राधे, राधे निकोशेरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कृति

संस्कृति

सुनिता निरौला पौडेल
फुर्सद

फुर्सद

सुनिता निरौला पौडेल
नालायक

नालायक

सुनिता निरौला पौडेल
आत्मबोध

आत्मबोध

सुनिता निरौला पौडेल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x