साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्मबोध

तिमीहरूले भनेका कुरा मनमा गाँठो बनाउँदै राख्ने, अति भएपछि बाटोमा गएर बहुलाउनु बाहेक के गर्न सक्छौं र हामीले ?”

Nepal Telecom ad

सुनिता निरौला पौडेल :

रामे बाटोमा हिँड्दै गर्दा एउटी मानसिक सन्तुलन बिग्रेकी महिला एकलै बरबराइरहेकी थिइन् ।
“छोराछोरीहरूले गर्दा मलाई आज यस्तो दशा पारेर म सडकमा आएँ ।” यस्तै सुरबेसुराका कुरा गर्दै थिइन् उनी ।

त्यहाँ वरिपरि हेर्ने मानिसहरूले भन्दै थिए- “कस्ता पापी छोराछोरी पनि हुँदारहेछ्न् । आफ्ना आमाबाबालाई यो ठाउँसम्म पुर्‍याउन सकेका ।”
त्यो दृश्य देखेर रामे फरक्क फर्कियो आधा बाटोबाट, र घरतिर लाग्यो ।

घरमा पुगेर ऊ “आमा !….आमा !” भन्दै कोठाभित्र पस्यो । आमा ओछ्यानमा कोल्टे फर्की सुँक्क …सुँक्क गरेर रोई रहेकी थिइन् । आँसु पुछ्दै भनिन्- “बाबु ! तिमी त मसँग झगडा गरेर यो घरमा कहिलै फर्केर आउँदिन भनी गएका थियौ त ।”

“आमा ! म हजुरको छोरा । मेरो नराम्रो बोलीले नानाभाँती हजुरलाई भन्दा त्यति नै बेला मलाई दुई थप्पड हान्नुपथ्र्यो नि !”

“बाबु ! तिमीहरूलाई भन्न पो सजिलो छ, कसरी तिमीलाई मैले हात उठाउनु ? तिमीहरूले भनेका कुरा मनमा गाँठो बनाउँदै राख्ने, अति भएपछि बाटोमा गएर बहुलाउनु बाहेक के गर्न सक्छौं र हामीले ?”

अघि बाटोमा भएको दृश्य सम्झेर रामेको आँखाबाट एक्कासी बररर…. आँसु खस्यो, र ओछ्यानमा पल्टिएकी आमाको गालामा झर्‍यो ।

“बाबु … बाबु तँलाई के भयो हँ ?” यसो भन्दै उनी छोरालाई सुम्सुम्याउन थालिन् ।

०००
राधेराधे निकोशेरा, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कृति

संस्कृति

सुनिता निरौला पौडेल
फुर्सद

फुर्सद

सुनिता निरौला पौडेल
नालायक

नालायक

सुनिता निरौला पौडेल
मालामाल

मालामाल

सुनिता निरौला पौडेल
0
Would love your thoughts, please comment.x
()
x