सुनिता निरौला पौडेलनालायक
पि.ए. र काइँला दाजु व्यापारी कहाँ गए । “साहु जी !” चन्दा भन्नुभएको मन्त्रीज्यू ले ! “चन्दा त मैले दिन्छु भाइ, तर मलाई पनि करमा सहयोग गरे मात्र ।” व्यापारीको जवाफ आयो ।

सुनिता निरौला पौडेल :
“हजुर ! मलाई पैसा दिनुहोस् न ! दुई दिनदेखि खाएको छैन । भोक लागेको छ, केही दिनुभए खान्थेँ म ।” एकजना भिखारीले बाटोमा हिँड्दै गरेको मान्छेलाई भन्दै थियो ।
“के को पैसा ?” काम गरेर पो खानु ! यसरी बाटोमा बसेर कहाँ पाइन्छ पैसा, नालायक !” यसो भन्दै ऊ मन्त्रीको घर तर्फ लाग्यो ।
त्यहाँ पुगेर उसले “मन्त्रीज्यू नमस्कार !” म उहि काईंला भाइ, हाम्रो गाउँमा क्लब खोल्नलाई केही सहयोग गरिदिनु पर्यो ।” भन्दै थियो । त्यही समयमा अर्कोतिरबाट मन्त्रीको फोन आयो ।
“मन्त्रीज्यू नमस्कार ! चुनाव आउन लाग्यो, खर्च चाहिएको थियो ।”
मन्त्रीज्यूले भने, “अँ त्यो व्यापारीसँग चन्दाको कुरा गरेको छु, त्यहाँ गएर पैसा ल्याउनु । मैले काँईला भाइलाई पनि उतै पठाइदिन्छु ।” भन्दै मन्त्री माथितिर उक्ले ।
पि.ए. र काँईला दाजु व्यापारी कहाँ गए ।
“साहु जी !” चन्दा भन्नुभएको मन्त्रीज्यू ले !
“चन्दा त मैले दिन्छु भाइ, तर मलाई पनि करमा सहयोग गरे मात्र ।” व्यापारीको जवाफ आयो ।
काइँला दाजुले मनमनै सोचे ! “त्यो अघि बाटोमा भेटिएको भिखारी र हामीमा के चैँ फरक रहेछ त ! हामी सबै नालायक पो रहेछौँ ।” फर्कँदा उहि भिखारीसँग भेट भयो । उनले नबोलिकन एक सय दिए र फटाफट बाटो तताए ।
०००
भक्तपुर- राधे राधे निकोशेरा ।
Subscribe
Login
0 Comments
Oldest







































