साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नालायक

पि.ए. र काइँला दाजु व्यापारी कहाँ गए । “साहु जी !” चन्दा भन्नुभएको मन्त्रीज्यू ले ! “चन्दा त मैले दिन्छु भाइ, तर मलाई पनि करमा सहयोग गरे मात्र ।” व्यापारीको जवाफ आयो ।

Nepal Telecom ad

सुनिता निरौला पौडेल :

“हजुर ! मलाई पैसा दिनुहोस् न ! दुई दिनदेखि खाएको छैन । भोक लागेको छ, केही दिनुभए खान्थेँ म ।” एकजना भिखारीले बाटोमा हिँड्दै गरेको मान्छेलाई भन्दै थियो ।

“के को पैसा ?” काम गरेर पो खानु ! यसरी बाटोमा बसेर कहाँ पाइन्छ पैसा, नालायक !” यसो भन्दै ऊ मन्त्रीको घर तर्फ लाग्यो ।

त्यहाँ पुगेर उसले “मन्त्रीज्यू नमस्कार !” म उहि काईंला भाइ, हाम्रो गाउँमा क्लब खोल्नलाई केही सहयोग गरिदिनु पर्यो ।” भन्दै थियो । त्यही समयमा अर्कोतिरबाट मन्त्रीको फोन आयो ।

“मन्त्रीज्यू नमस्कार ! चुनाव आउन लाग्यो, खर्च चाहिएको थियो ।”

मन्त्रीज्यूले भने, “अँ त्यो व्यापारीसँग चन्दाको कुरा गरेको छु, त्यहाँ गएर पैसा ल्याउनु । मैले काँईला भाइलाई पनि उतै पठाइदिन्छु ।” भन्दै मन्त्री माथितिर उक्ले ।

पि.ए. र काँईला दाजु व्यापारी कहाँ गए ।
“साहु जी !” चन्दा भन्नुभएको मन्त्रीज्यू ले !
“चन्दा त मैले दिन्छु भाइ, तर मलाई पनि करमा सहयोग गरे मात्र ।” व्यापारीको जवाफ आयो ।

काइँला दाजुले मनमनै सोचे ! “त्यो अघि बाटोमा भेटिएको भिखारी र हामीमा के चैँ फरक रहेछ त ! हामी सबै नालायक पो रहेछौँ ।” फर्कँदा उहि भिखारीसँग भेट भयो । उनले नबोलिकन एक सय दिए र फटाफट बाटो तताए ।

०००
भक्तपुर- राधे राधे निकोशेरा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कृति

संस्कृति

सुनिता निरौला पौडेल
फुर्सद

फुर्सद

सुनिता निरौला पौडेल
आत्मबोध

आत्मबोध

सुनिता निरौला पौडेल
मालामाल

मालामाल

सुनिता निरौला पौडेल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x