साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्सद

उनको आत्माले चारैतिर आफ्नो नजर डुलाउँदै भन्यो : “के गर्नु छोरा हो, बाँचुन्जेल कहिल्यै तिमीहरूको फुर्सद भएन ।”

Nepal Telecom ad

सुनिता निरौला पौडेल :

“ए ! कान्छा मलाई पशुपतिमा आरती देखाउन लैजान छोरा ।”
“मलाई फुर्सद छैन बा, दाइलाई भन्नु है ।” यसो भन्दै अफिसतर्फ लाग्यो ऊ ।

भोलिपल्ट जेठो छोरालाई भन्दा नि त्यही कुरा दोहोरियो ।
सबै सदस्यहरूलाई आरती हेर्न लगिदेऊ भन्दा सबैबाट फुर्सद नै छैन भन्ने उत्तर आयो ।

कृष्णप्रसाद बा भगवान्का भक्त थिए । दिनरात पूजापाठमा तल्लीन हुन्थे । बिहान उठेर जप नगरी पानी पनि खाँदैन थिए उनले । छोराछोरीहरू सबैजना आ-आफ्नो काममा व्यस्त थिए ।

“के गर्नु आफ्नो मर्ने बेला भइसक्यो तर कुनै छोराहरूको फुर्सद र समय नै छैन ।” आँसु गहभरी लिएर खुइय.. गरि बसे उनी ।

बिरामी भएर थला परे बुढा । अन्त्यमा उनको मृत्यु भयो ।
घरमा सबैको रुवावासी चल्यो । बुढी छोराछोरीहरू रुन थाले । लासलाई पशुपति आर्यघाटतर्फ लगे ।

छोराहरूले भने “के गर्नु पशुपति मन्दिरमा साँझको आरतीमा समेत लान सकिएन बालाई ।
“उहाँको कत्रो ईच्छा थियो पुर्‍याउन सकेनौँ” यसो भन्दै छोराहरू रोइरहेका थिए ।

साँझको आरती सुनेर बाको आत्माले साँच्चै आनन्द मानिरहेको थियो ।
उनको आत्माले चारैतिर आफ्नो नजर डुलाउँदै भन्यो :
“के गर्नु छोरा हो, बाँचुन्जेल कहिल्यै तिमीहरूको फुर्सद भएन ।”

०००
भक्तपुर- राधेराधे (निकोशेरा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कृति

संस्कृति

सुनिता निरौला पौडेल
नालायक

नालायक

सुनिता निरौला पौडेल
आत्मबोध

आत्मबोध

सुनिता निरौला पौडेल
मालामाल

मालामाल

सुनिता निरौला पौडेल
0
Would love your thoughts, please comment.x
()
x