साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्सद

उनको आत्माले चारैतिर आफ्नो नजर डुलाउँदै भन्यो : “के गर्नु छोरा हो, बाँचुन्जेल कहिल्यै तिमीहरूको फुर्सद भएन ।”

Nepal Telecom ad

सुनिता निरौला पौडेल :

“ए ! कान्छा मलाई पशुपतिमा आरती देखाउन लैजान छोरा ।”
“मलाई फुर्सद छैन बा, दाइलाई भन्नु है ।” यसो भन्दै अफिसतर्फ लाग्यो ऊ ।

भोलिपल्ट जेठो छोरालाई भन्दा नि त्यही कुरा दोहोरियो ।
सबै सदस्यहरूलाई आरती हेर्न लगिदेऊ भन्दा सबैबाट फुर्सद नै छैन भन्ने उत्तर आयो ।

कृष्णप्रसाद बा भगवान्का भक्त थिए । दिनरात पूजापाठमा तल्लीन हुन्थे । बिहान उठेर जप नगरी पानी पनि खाँदैन थिए उनले । छोराछोरीहरू सबैजना आ-आफ्नो काममा व्यस्त थिए ।

“के गर्नु आफ्नो मर्ने बेला भइसक्यो तर कुनै छोराहरूको फुर्सद र समय नै छैन ।” आँसु गहभरी लिएर खुइय.. गरि बसे उनी ।

बिरामी भएर थला परे बुढा । अन्त्यमा उनको मृत्यु भयो ।
घरमा सबैको रुवावासी चल्यो । बुढी छोराछोरीहरू रुन थाले । लासलाई पशुपति आर्यघाटतर्फ लगे ।

छोराहरूले भने “के गर्नु पशुपति मन्दिरमा साँझको आरतीमा समेत लान सकिएन बालाई ।
“उहाँको कत्रो ईच्छा थियो पुर्‍याउन सकेनौँ” यसो भन्दै छोराहरू रोइरहेका थिए ।

साँझको आरती सुनेर बाको आत्माले साँच्चै आनन्द मानिरहेको थियो ।
उनको आत्माले चारैतिर आफ्नो नजर डुलाउँदै भन्यो :
“के गर्नु छोरा हो, बाँचुन्जेल कहिल्यै तिमीहरूको फुर्सद भएन ।”

०००
भक्तपुर- राधेराधे (निकोशेरा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संस्कृति

संस्कृति

सुनिता निरौला पौडेल
नालायक

नालायक

सुनिता निरौला पौडेल
आत्मबोध

आत्मबोध

सुनिता निरौला पौडेल
मालामाल

मालामाल

सुनिता निरौला पौडेल
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x