साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कृति

“हेर छोरी हो हामीले अर्काको देखासिखी गरेर विदेशी संस्कृति भित्र्र्‍याउँदैछौ । यहाँ यस्तो अधोगति भइरहेकोले हामीले आफ्नो संस्कृतिको ख्याल राख्नु पर्नेहुन्छ ।”

Nepal Telecom ad

सुनिता निरौला पौडेल :

“भोलि रमलाको बिहेमा हामी जाने हैन र ।”
“जान त मन थियो नि साथी, तर बिहेमा लगाउने सुहाउँदो, कुनै नयाँ सारी नै छैन, उही पोहोर किनेको मात्र छ ।” अलि न्याउरो अनुहार बनाएर भनिन् उनले ।

“ह्या यो पनि कस्तो कुरा गर्छे । पोहोरको फोटोमा त्यही पुरानो सारी लाको आउँछ क्या ! लुगा नै नभएको जस्तो ।” अलि अहम्का साथ संगिताले भनिन् ।

“कस्ता कस्ता राम्रा भएर आउँछन् साथीहरू, म त नयाँ सारी सेट आज नै किनेर ल्याउँछु ।” भनी नयाँ सारी किन्न गईन् ऊ ।

“तिम्रो पो बाउ भन्सार विभागमा हाकिम छन्, एउटा छोरीले जे भन्यो, त्यहि किनेर ल्याईदिन्छन् । आफ्नो बा ज्याला मजदुर गर्ने, घरको गर्जो टार्न पैसैले नपुग्ने, जहिल्यै दुःखै दुःख ।”

“मलाई त बा सँग पैसा माग्न पनि कस्तो कस्तो लाग्छ ।” निताले रोदन अनुहारमा भनिन् । हामीले आफ्नो रितिरिवाज र संस्कृतिको ख्याल राख्नुपर्छ, घाँटी हेरि हाड निल्नुपर्छ ।

“अरुले जे लगायो त्यही अनुसार हामी हिँड्न सक्दैनौँ । त्यही भएर आफ्नु क्षमता अनुसार हिँड्नुपर्छ । अरुको देखासिखी नगरेर आफ्नै संस्कृति झल्काउने ढाँचामा हिँड्न सक्नुपर्छ । त्यही भएर म त अरुले के भन्लान् नभनेर त्यहि पोहोर सालमा लगाएको सारी नै लगाउने विचारमा छु ।”

अनि दुवै साथी- साथी बीचमा भएको कुराकानी संगिताको बाले सुनी राख्नुभाको थियो र भन्नुभयो, “हेर छोरी हो हामीले अर्काको देखासिखी गरेर विदेशी संस्कृति भित्र्र्‍याउँदैछौ । यहाँ यस्तो अधोगति भइरहेकोले हामीले आफ्नो संस्कृतिको ख्याल राख्नु पर्नेहुन्छ ।” यति कुरा भन्दै संगिताको साथी झल्याँस्स हुँदै भन्न थालिन् ।…… हो …… नि ……. बा……….।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुर्सद

फुर्सद

सुनिता निरौला पौडेल
नालायक

नालायक

सुनिता निरौला पौडेल
आत्मबोध

आत्मबोध

सुनिता निरौला पौडेल
मालामाल

मालामाल

सुनिता निरौला पौडेल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x