सुनिता निरौला पौडेलसंस्कृति
“हेर छोरी हो हामीले अर्काको देखासिखी गरेर विदेशी संस्कृति भित्र्र्याउँदैछौ । यहाँ यस्तो अधोगति भइरहेकोले हामीले आफ्नो संस्कृतिको ख्याल राख्नु पर्नेहुन्छ ।”

सुनिता निरौला पौडेल :
“भोलि रमलाको बिहेमा हामी जाने हैन र ।”
“जान त मन थियो नि साथी, तर बिहेमा लगाउने सुहाउँदो, कुनै नयाँ सारी नै छैन, उही पोहोर किनेको मात्र छ ।” अलि न्याउरो अनुहार बनाएर भनिन् उनले ।
“ह्या यो पनि कस्तो कुरा गर्छे । पोहोरको फोटोमा त्यही पुरानो सारी लाको आउँछ क्या ! लुगा नै नभएको जस्तो ।” अलि अहम्का साथ संगिताले भनिन् ।
“कस्ता कस्ता राम्रा भएर आउँछन् साथीहरू, म त नयाँ सारी सेट आज नै किनेर ल्याउँछु ।” भनी नयाँ सारी किन्न गईन् ऊ ।
“तिम्रो पो बाउ भन्सार विभागमा हाकिम छन्, एउटा छोरीले जे भन्यो, त्यहि किनेर ल्याईदिन्छन् । आफ्नो बा ज्याला मजदुर गर्ने, घरको गर्जो टार्न पैसैले नपुग्ने, जहिल्यै दुःखै दुःख ।”
“मलाई त बा सँग पैसा माग्न पनि कस्तो कस्तो लाग्छ ।” निताले रोदन अनुहारमा भनिन् । हामीले आफ्नो रितिरिवाज र संस्कृतिको ख्याल राख्नुपर्छ, घाँटी हेरि हाड निल्नुपर्छ ।
“अरुले जे लगायो त्यही अनुसार हामी हिँड्न सक्दैनौँ । त्यही भएर आफ्नु क्षमता अनुसार हिँड्नुपर्छ । अरुको देखासिखी नगरेर आफ्नै संस्कृति झल्काउने ढाँचामा हिँड्न सक्नुपर्छ । त्यही भएर म त अरुले के भन्लान् नभनेर त्यहि पोहोर सालमा लगाएको सारी नै लगाउने विचारमा छु ।”
अनि दुवै साथी- साथी बीचमा भएको कुराकानी संगिताको बाले सुनी राख्नुभाको थियो र भन्नुभयो, “हेर छोरी हो हामीले अर्काको देखासिखी गरेर विदेशी संस्कृति भित्र्र्याउँदैछौ । यहाँ यस्तो अधोगति भइरहेकोले हामीले आफ्नो संस्कृतिको ख्याल राख्नु पर्नेहुन्छ ।” यति कुरा भन्दै संगिताको साथी झल्याँस्स हुँदै भन्न थालिन् ।…… हो …… नि ……. बा……….।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































